पाणिनिमा बन सम्वर्द्धन प्रणालीमा आधारित उपभोक्ता समूहलाई तालिम

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बन सम्वर्द्धन प्रणालीमा आधारित बन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। 

डिभिजन बन कार्यालय अर्घाखाँचीको आयोजना तथा समृद्धिका लागि बन परियोजनाको सहयोगमा आयोजित तालिममा उपभोक्ता समूहका सदस्यहरूलाई वन व्यवस्थापनका आधुनिक प्रणाली, वन संरक्षण, दिगो उपयोग, र सामुदायिक संलग्नताका विधिहरूमा जानकारी गराइएको थियो।

तालिममा डिभिजन बन कार्यालयका सिनियर डिभिजन बन अधिकृत मोहन श्रेष्ठ, सहायक बन अधिकृत केशव खड्का, पाणिनि सव डिभिजन प्रमुख दीपक पाण्डे, डिभिजन बन अर्घाखाँचीका लेखा प्रमुख सञ्जय श्रेष्ठ, समृद्धिका लागि बन कार्यक्रमका पाणिनि संयोजक तिलक बन्जाडे विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरू, तथा अन्य सरोकारवाला व्यक्ति सहभागी थिए।

कार्यक्रममा बोल्दै सिनियर डिभिजन बन अधिकृत मोहन श्रेष्ठले दिगो वन व्यवस्थापनले आर्थिक समृद्धि र पर्यावरणीय सन्तुलन दुवै कायम गर्न सकिने बताए। उनले लुम्बिनीमा बन श्रोतको अवस्था, बन सम्वर्द्धन प्रणालीको अवस्था, यसको महत्त्व, डिभिजन बन कार्यालय अन्तर्गत यसको कार्यान्वयनको अवस्था, समस्या, चुनौती र अवसर लगायतका विषयमा प्रशिक्षण गराएका थिए ।

तालिममा सहभागीहरूले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन मद्दत मिलेको प्रतिक्रिया दिएका छन्। वन संरक्षण र सम्वर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यसप्रकारका तालिमहरू निरन्तर सञ्चालन गर्न माग समेत गरेका छन ।

यस तालिमले स्थानीय स्तरमा सामुदायिक वनको महत्व, यसको संवर्द्धनका लागि अपनाउनुपर्ने उपायहरू, र सामुदायिक सहभागिताको भूमिका सम्बन्धमा थप जनचेतना फैलाएको विश्वास गरिएको छ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?