पाणिनिमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया

अर्घाखाँची । पाणिनी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको आयोजनामा पाणिनी गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पूर्व अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोका प्रमुख तथा कर्मचारीहरू,पालिकाका कर्मचारीहरू, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक अगुवा, पत्रकार, र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुशासन र पारदर्शितालाई सुनिश्चित गर्नका लागि अपनाउनुपर्ने रणनीतिहरू, भ्रष्टाचार नियन्त्रणका उपायहरू, र जिम्मेवारी बहन गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पाणिनीमा सुशासनलाई प्रवर्द्धन गर्न स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै प्रभावकारी नीतिहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नागरिकका गुनासाहरूको समाधान र सेवाप्रवाहमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानूनी सुधार, कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नुपर्ने र सामुदायिक सहभागितालाई बढावा दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सेवा प्रवाह पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको जिकिर गरे । साथै अख्तियारमा सबैको सहज पहुँच हुनुपर्नेमा समेत जोड दिएका थिए ।

अन्तरक्रियामा अख्तियार अनुसन्धान आयोगका प्रहरी निरीक्षक मुकुन्द गौतमले कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचारको अवस्था, संवैधानिक ब्यवस्था, कानुन, आयोगको क्षेत्राधिकार, उजुरी दर्ता, छानविन र अनुसन्धान प्रकृयालगायतका विषयमा चर्चा गरिएको थिए । 

कार्यक्रमको समापन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे । उनले सुशासन प्रवर्द्धनका लागि समन्वयात्मक प्रयासलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाएका ििथए

यस अन्तरक्रिया कार्यक्रमले पाणिनी गाउँपालिकामा सुशासन र पारदर्शितालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?