जनताको मतको कदर गर्नसके सुशासन आउँछ : अध्यक्ष न्यौपाने

अर्घाखाँची । पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जनमतको कदर गर्न सके सुशासन आउने बताएका छन ।

सोमबार पाणिनि गाउँपालिकाको सभाहलमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले यस्तो बताएका हुन । उनले आफूहरू जनताबाट चुनिएर आएको र जनता भगवान भएको भन्दै जनतासँग डराएर जनमतको कदर गर्नसके सुशासन त्यहीबाट सुरु हुने बताए । 

जनताको प्रत्यक्ष उपस्थितिबिना गर्न खोजिने काम पनि भ्रष्टाचार भएको भन्दै उनले भने, “जनतासँग उत्तरदायित्व निर्वाह गर्न खोज्यौँ भने कुनैपनि केस लाग्दैनन्, कसैले पनि हामीलाई केही गर्न सक्दैनन् ।” अध्यक्ष न्यौपानेले जनताको चाहना अनुरूपका काम गर्न नसकेमा सुशासन कायम नहुने जिकिर गरे । “जनताबाट चुनिएर आउने, जनताप्रति नै औंला देखाउने काम भयो भने, त्यसले सुशासन दिदैँन ।” उनले भने, “जनता र जनप्रतिनिधिको दूरी बढ्छ र जनता आक्रामक हुन्छन्, सझक हुनुपर्छ ।”

पाणिनि गाउँपालिकालाई अब्बल बनाउन सबैले आफ्नो पदीय मर्यादा र जिम्मेवारीमा रहेर काम गर्नुपर्नेमा उनले जोड दिए । पालिकाको विकासका लागि समन्वय अपरिहार्य रहेको न्यौपानेको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?