अख्तियारमा अर्घाखाँचीका ८२ उजुरी दर्ता, कुन स्थानीय तहमा कति ?

अर्घाखाँची । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्घाखाँचीका ८२ उजुरी परेका छन् । 

६ स्थानीय तह रहेको अर्घाखाँचीमा पौष मसान्तसम्मको तथ्याङ्क अनुसार ८२ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिएका छन् । उनका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २७ वटा र चालु आर्थिक वर्ष २०८१/०८२ को पौष मसान्तसम्ममा दर्ता भएका ५५ गरि ८२ वटा उजुरी छन् ।

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले सञ्चालन गरेका योजनामा भ्रष्टाचारसँगै कर्मचारीले घुस मागेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको, प्रक्रिया मिचेर आफ्ना मान्छेलाई जागिर खुवाएको, जनप्रतिनिधिले अनावश्यक सेवा सुविधा लिएको लगायतका विषयमा उजुरी परेका हुन् ।

आयोगमा परेका ८२ उजुरी मध्ये ४८ वटा मुद्दा फर्छ्यौट भइसकेका आयोगले जानकारी दिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये मालारानी गाउँपालिका अन्तर्गत सबैभन्दा धेरै उजुरी आएका छन् । आयोगको कार्यालय बुटवलका अनुसार मालारानीका ४८ वटा उजुरी छन् । जसमध्ये २९ वटा मुद्दा फर्छ्यौट भइसकेका छन भने १९ वटा अनुसन्धानको क्रममा रहेका छन ।

शितगंगा नगरपालिका अन्तर्गत १५ वटा उजुरी रहेकामा ९ वटा फर्छ्यौट भइसकेका छन् । यस्तै, सन्धिखर्क नगरपालिका अन्तर्गत ८ वटा उजुरी रहेका छन भने ५ वटा फर्छ्यौट भइसकेका छन्। पाणिनि गाउँपालिका अन्तर्गत ५ वटा उजुरी रहेका छन भने ४ वटा फर्छ्यौट भइसकेका छन्। छत्रदेव गाउँपालिका अन्तर्गत ३ वटा उजुरी रहेका छन भने १ वटा फर्छ्यौट भइसकेका छन्। भूमिकास्थान नगरपालिका अन्तर्गत ३ वटा उजुरी रहेका छन भने २ वटा फर्छ्यौट भइसकेका छन्।

आर्थिक वर्ष २०८१/०८२ को पौष मसान्तसम्ममा अर्घाखाँचीका ४८ उजुरी फर्छ्यौट भइसकेका छन् भने ३४ उजुरी उपर आयोगले अनुसन्धान गरिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?