पाणिनि गाउँपालिकाको अर्धवार्षिक समीक्षा : ३३.७० प्रतिशत बजेट खर्च, ६०.५८ प्रतिशत आम्दानी

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ३३.६ प्रतिशत बजेट खर्च गरेको छ । पाणिनि गाउँपालिकाले दोस्रो गाउँसभाको छैटौँ अधिवेशनमा अर्धवार्षिक समीक्षा गर्दै सो जानकारी दिएको हो । 

पालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ६६ करोड २३ लाख ९४ हजार रहेकोमा पूष मसान्तसम्ममा २२ करोड ३२ लाख ४९ हजार ५ सय उनान्सय रुपैयाँ खर्च भएको छ । हालसम्म पूजिंगत तर्फ ३२.११ प्रतिशत र चालु तर्फ ३४.१८ प्रतिशत खर्च भएको छ। भने आम्दानी तर्फ ६०.५८ प्रतिशत प्रगति भएको गाउँपालिकाको तथ्याङ्क रहेको छ ।

चालु आर्थिक वर्षमा आर्थिक विकास तर्फ ३ करोड २४ लाख ४० हजार विनियोजन भएकामा पुष मसान्तसम्ममा १७ लाख ३ हजार १८४ रुपैयाँ खर्च भएको छ । सामाजिक विकास तर्फ ४१ करोड २४ लाख ६२ हजार विनियोजन भएकामा १८ करोड ७२ लाख १२ हजार ७८८ रुपैयाँ खर्च भएको छ । त्यस्तै पूर्वाधार विकासतर्फ ८ करोड ७७ लाख ३० हजार विनियोेजन भएकामा ९४ लाख ९९ हजार ५ सय ४९ खर्च भएको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड १२ लाख ६६ हजार विनियोजन भएकामा १६ लाख ३२ हजार ३ सय ४४ रुपैयाँ खर्च भएको छ । र कार्यालय संचालन तथा प्रशासनिक तर्फ १० करोड ८४ लाख ९६ हजार विनियोजन भएकोमा हालसम्म ३ करोड ३२ लाख १ हजार ७ सय ३३ रुपैयाँ खर्च गरेको पालिकाको भनाइ छ । 

गाउँपालिकाको चालु आ.व. २०८१/०८२ को पौष मसान्तसम्मको जम्मा आम्दानी आन्तरिक आयतर्फ ३४ लाख र विभाज्यतर्फ १८ लाख सङ्कलन भएको छ । जुन प्रक्षेपित आम्दानी अनुसार ३९.५८ प्रतिशत हो। 

गाउँपालिकाको अर्धवार्षिक प्रगति सन्तोषजनक रहेको भन्दै बाँकी योजनाहरू समयमै सम्पन्न गर्नका निम्ति सबैको सकारात्मक सहयोग अपरिहार्य रहेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । उनले पालिकाको समृद्धि र दिगो विकासका लागि जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, नागरिक समाज, तथा सम्बन्धित निकायहरूसँग समन्वय आवश्यक रहेको स्पष्ट पारे। सन्तोषजनक उपलब्धि हासिल गर्न सके पनि अझै थप चुनौतीहरू रहेको उनले भने, “समयमै योजना सम्पन्न गर्न समुदायको सहभागिता, पारदर्शिता र इमानदारिता जरुरी छ। जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्नेतर्फ सचेत हुनुपर्छ ।”  

अध्यक्ष न्यौपानेले आगामी दिनमा विकास निर्माणलाई प्रभावकारी बनाउन निगरानी तथा अनुगमनलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले स्थानीय तहले विकास योजनाहरूको कार्यान्वयनमा कुनै पनि लापरवाही सह्य नहुने बताए।

माथि सभाका सदस्यहरुले सुझाव समेत पेश गरेका थिए । 

६ महिनामा ९८ योजना सम्झौता
गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पोडेलले प्रस्तुत गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन अनुसार गाउँपालिमा चालु आर्थिक वर्षको ६ महिनामा ९८ योजना सम्झौता भएका छन । उपभोक्ता समिति मार्फत ६५ वटा, ठेक्का मार्फत १४ वटा, अन्य संस्थागत, व्यक्तिगत मार्फत १९ वटा योजनाहरु कार्यान्वयन भएका छन् । जसमध्ये २० वटा योजनाहरु सम्पन्न भएर भुक्तानी समेत भइसकेको पालिका उपाध्यक्ष पौडेलले जानकारी दिइन् । पौडेलका अनुसार उपभोक्ता समिति मार्फत १४ वटा, ठेक्का मार्फत २ वटा र अन्य संस्थागत, व्यक्तिगत मार्फत ४ वटा योजना सम्पन्न भइसकेका छन् अन्य प्रकृयामा छन् ।

गाउँपालिकाले योजनाहरूको कार्यान्वयन प्रभावकारी बनाउन अनुगमन समितिहरू गठन गरी स्थलगत निरीक्षणलाई तीव्रता दिएको जनाएको छ। 

गाउँपालिकाले चालू आर्थिक वर्षमा उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका आधारमा उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेबो दावि छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?