back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

आठौं पाणिनी महोत्सवको तयारी सन्दर्भमा अन्तरक्रिया

spot_img

अर्घाखाँची । आसन्न आठौं पाणिनी कृषि, पर्यटन, उद्योग र व्यापार महोत्सवको तयारी तिव्र पारिएको छ ।

महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन आयोजक पाणिनी पर्यटन समाजले पाणिनी गाउँपालिकाको दुर्गाफाट क्षेत्रमा स्थानीय आमा समूह, कृषि समूह, क्लब, संघसंस्था तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेकाे छ। अन्तरक्रियामा स्थानीय उत्पादक, व्यवसायी, सांस्कृतिक समूह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा महोत्सवको व्यवस्थापन, स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन, पर्यटक आकर्षणका उपाय, सेवा तथा सुरक्षाको व्यवस्था लगायतका विषयमा छलफल भएको थियो। सहभागीहरूले महोत्सवलाई व्यवस्थित तथा आकर्षक बनाउन आवश्यक उपायहरू प्रस्तुत गर्दै स्थानीय तह तथा आयोजक समितिलाई सहकार्यका लागि प्रतिबद्धता जनाएका थिए।

पाणिनी गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई उजागर गर्न महोत्सव महत्त्वपूर्ण हुने आयोजकहरूले बताएका छन्। महोत्सव आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना हुँदैछ, जसमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक कार्यक्रमहरू प्रमुख आकर्षण हुनेछन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?