back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

पाणिनिमा माघ २९ गतेबाट एचपिभी खोप अभियान सुरु हुदै, हजारबढि बालिकाले खोप लगाउँदै

spot_img

अर्घाखाँची । पाणिनी गाउँपालिकामा एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्वास्थ्य चौकी इन्चार्जहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा एचपिभी खोपको महत्त्व, बालिकाहरूलाई दिइने खोपको प्रक्रिया, सम्भावित चुनौतीहरू तथा खोप अभियानलाई सफल बनाउन आवश्यक रणनीतिबारे छलफल गरिएको थियो। स्वास्थ्यकर्मीहरूलाई खोपको सुरक्षित भण्डारण, व्यवस्थापन तथा सम्भावित दुष्प्रभावहरूको विषयमा जानकारी दिइएको थियो।

पाणिनी गाउँपालिकाका स्वास्थ्य शाखाका सहइन्चार्ज राम प्रसाद घिमिरेले एचपिभी खोप पाठेघरको मुखको क्यान्सर रोकथाममा प्रभावकारी हुने भएकाले लक्षित उमेर समूहका बालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरे।

साथै, अभिभुखिकरण कार्यक्रममा उपस्थित स्वास्थ्य चौकी इन्चार्जहरूले खोप कार्यक्रमलाई सफल बनाउन स्थानीय तह, विद्यालय तथा समुदायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

पाणिनि गाउँपालिकाभर १ हजार ६३ बालिकाले खोप लगाउदै

पाणिनि गाउँपालिकामा माघ २९ गतेदेखि खोप अभियान संचालन हुँदैछ । कक्षा ६ देखि १० सम्म पढ्ने बालिका तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरूमा खोप लगाउने अभियानको तयारी पुरा भएको पालिकाका स्वास्थ्य शाखा इन्चार्ज तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शेषकान्त घिमिरेले जानकारी दिए । देशभर माघ २२ गतेदेखि खोप अभियान सुरु भएपनि पाणिनि गाउँपालिकामा भने परीक्षा संचालन भएको कारण अभियान २९ गतेबाट सुरु हुनेछ ।

पाणिनि गाउँपालिकाका १ हजार ६३ बालिकाले खोप लगाउदै छन । गाउँपालिकाकाले ६ देखि १० कक्षासम्म अध्ययन गर्ने १ हजार ४० र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका २३ गरि १ हजार ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । पाणिनि गाउँपालिकाभित्रका कक्षा ६ देखि १० सम्म संचालित सबै विद्यालयलाई खोपकेन्द्र बनाइ खोप अभियान संचालन हुने छ ।

कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, समाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष युवराज ज्ञवाली लगायतले मन्तव्य राख्दै समुदायमा खोपका बारेमा जनचेतना अभिवृद्धि गर्न पहल गर्नुपर्नेमा जोड दिए। उनीहरूले खोपसम्बन्धी जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउँदै गाउँपालिकाभित्रका लक्षित समूहलाई खोप सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरे।

ढुक्क भएर खोप लगाउन आग्रह

चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ। पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपीभी खोप लगाइन्छ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को सङ्क्रमणले हुने स्वास्थ्य शाखा इन्चार्ज घिमिरेले बताए। नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिए।

उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ। ‘एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ, उनले भने ‘विश्वमा यसको सफल परीक्षण भइसकेको छ। यो सुरक्षित र प्रभावकारी पाइएको छ। नकरात्मक असर देखिएको छैन। बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन्। ढुक्क भएर लगाउनुस्।’

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ। हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ।

घिमिरे एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?