अर्घाखाँची सन्धिखर्क नगरपालिकाको नगरसभाको १७ औ अधिवेशन २ वटा संशोधन विधेयक पारित गर्ने निर्णयका साथ सम्पन्न भएको छ ।
नगर सभामा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बैठकका कार्यसुचि प्रस्तुत गर्नु भएको थियो ।
नगर सभाले सन्धिखर्क नगरपालिकाको आर्थिक ऐन २०८१ को पहिलो संशोधन विधेयक २०८२ र विनियोजन ऐन २०८१ को पहिलो संसोधन बिधेयक २०८१ पारित गरेको सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत सुचना अधिकारी मञ्जु खनालले बताउनु भयो ।
नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगर सभामा उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगर सभाका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।