back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

पाणिनिमा HPV खोप अभियानको शुभारम्भ, ढुक्क भएर खोप लगाउन अनुरोध

spot_img

अर्घाखाँची । पाणिनी गाउँपालिकामा पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप अभियान सुरू गरिएको छ।

यो अभियान एक कार्यक्रमका विच सरस्वति भवन राष्ट्रिय माध्यमिक विद्यालय पाणिनि ३ बाट गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले शुभारम्भ गरेकि हुन् । खोप अभियानको शुभारम्भ गर्दै उपाभ्यक्ष पोडेलले पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी प्रभावकारी रहेको भन्दै विद्यार्थीहश्रलाई ढुक्क भएर खोप लगाउन अनुरोध गरेकी थिईन् । उनले यो अभियान २२ गतेदेखि देशभर सुरु भएको भएपनि परिक्षाको कारण पाणिनिमा ढिला भएकोे भन्दै यो खोप अभियानलाई अवसरको रुपमा लिएर खोप अभियान सफल पार्न अनुरोध गरिन ।

त्यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले पनि अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। खोप सुरक्षित रहेको र कुनै गम्भीर साइड इफेक्ट नरहेको जानकारी गराउँदै अभिभावकहरूलाई नआतिन अनुरोध गरेका छन्। साथै, उनले खोप अभियानबारे सही जानकारी लिन र हल्लामा नपर्न पनि आग्रह गरेका छन्।

पाणिनि गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक युवराज ज्ञवालिले खोप केन्द्रहरू विद्यालय र स्थानीय स्वास्थ्य संस्थाहरूमा व्यवस्था गरिएको जसबाट किशोरीहरू सहज रूपमा खोप लिन सक्ने बताए । एचपीभी खोप अभियान फागुन ६ गतेसम्म जारी रहने भएकाले सम्बन्धित उमेर समूहका किशोरीहरूलाई समयमै खोप लगाउन अनुरोध गरे। उनले सबैले खोप अभियान सफल बनाउन सहयोग गर्न अनुराेध समेत गरे ।

कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा सहइन्चार्ज राम प्रसाद घिमिरेले किशोरिहरुलाई खोपको बारेमा सचेतना कक्षा समेत संचालन गरेका थिए । उनका अनुसार, यो खोप कक्षा ६ देखि १० सम्म पढ्ने बालिका तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइनेछ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, एचपीभी संक्रमण पाठेघरको क्यान्सरको प्रमुख कारण भएकाले यसको रोकथामका लागि यो खोप अत्यन्तै महत्वपूर्ण मानिन्छ।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?