पाणिनी गाउँपालिकाको छैटौँ गाउँसभा सम्पन्न, दुई विधेयक पारित

अर्घाखाँची । पाणिनी गाउँपालिकाको दोस्रो गाउँसभाको छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दुईवटा विधेयक पारित गरेको छ।

गाउँसभाले “पाणिनी गाउँपालिकाको कृषि तथा पशुपन्छी व्यवस्थापन गर्न बनेको विधेयक, २०८१” र “स्थानीय वन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०८१” सर्वसम्मतिले पारित गरेको हो। यी विधेयकहरू पारित भएसँगै गाउँपालिकाले कृषि, पशुपन्छी तथा वन व्यवस्थापनमा थप प्रभावकारी नीति लागू गर्ने अपेक्षा गरिएको छ।

यस अधिवेशनमा समसामयिक विषयहरूमा पनि छलफल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए। गाउँपालिकाको विकास, बजेट कार्यान्वयन, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विविध विषयमा छलफल भएको उनले बताए।

गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पारित विधेयकहरूले स्थानीय तहको विकासलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। यी विधेयकहरुमार्फत गाउँपालिकाभित्र कृषि, पशुपालन तथा वन व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको उनको दावि छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?