कृषि उत्पादन लाई व्यवसायिक बनाउन सामाग्री हस्तान्तरण

 

प्युठान,   ऐरावति गाउँ पालिका वाड नम्वर १ काे माझिदमारमा कृषकलाई टनेल मल्चिङ तथा क्यारेट वितरण गरिएको छ । व्यवसायिक कृषि मार्फत किसानकाे उत्पादन बढाउने र बजारिकरणका माध्यम बाट अार्थिक उन्नति गराउने उदेश्यका साथ झिम्रुक स्वाबलम्वि समुहमा सामाग्री वितरण गरिएको हाे ।

ऐरावति गाउपालिकाकाे अार्थिक सहयाेग,हेफर प्राेजेक्ट नेपालकाे प्राविधिक सहयाेगमा मल्लरानि ग्रामीण विकास सराेकार केन्द्रकाे सहजिकरणमा सञ्चालित परियाेजन अन्तरगत सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा वार्ड नम्वर १ का अध्यक्ष अमर रेश्मिले परम्परागत कृषि प्रविधिले कृषककाे प्रगति नहुने भन्दै अाधुनिक विधिबाट उत्पादन गर्नुपर्नेमा जाेड दिनुभयाे । समुहले व्यबसायिक खेति सम्बन्धि तालिम तथा अन्य स्रोत समेत प्राप्त गरेकोले काम गरेर देखाउनु पर्ने बताउनुभयो । कृषि क्षेत्रकाे विकासका लागि गाउँपालिकाले मुख्य प्राथमिकता दिएको स्मरण गराउदै कृषकले मन,वचन र कर्मले काम गरेमा मात्रै पालिकाकाे लक्ष्य हासिल हुने उहाकाे भनाइ रहेकाे छ ।

कार्यक्रममा बोल्दै परियोजना संयोजक नेत्र मरासिनीले कृषकले उत्पादनमा जाेड दिनुपर्ने र सहकारिले स्थानिय उत्पादन लाई बजारीकरण गर्ने र उत्पादनसँग सदस्य लाई जोड्ने काम गर्ने बताउनुभयाे । उहाले भन्नुभयो उत्पादनमा समूह लाग्नुस,बजारिकरणमा पालिका र परियाेजनाले व्यवस्थापन मिलाउनेछ ।

कार्यक्रममा वडा सदस्य टिकाराम अाचार्य,प्राविधिक संयोजक खिम बहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियोे । कार्यक्रम झिम्रुक स्वाबलम्वि समूह अध्यक्ष मन्जु सुवेदिकाे अध्यक्षता र सामुदायिक सहजकर्ता टिकाराम नेपालीको सञ्चालनमा सम्पन्न भएको हाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?