back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

कृषि उत्पादन लाई व्यवसायिक बनाउन सामाग्री हस्तान्तरण

spot_img

 

प्युठान,   ऐरावति गाउँ पालिका वाड नम्वर १ काे माझिदमारमा कृषकलाई टनेल मल्चिङ तथा क्यारेट वितरण गरिएको छ । व्यवसायिक कृषि मार्फत किसानकाे उत्पादन बढाउने र बजारिकरणका माध्यम बाट अार्थिक उन्नति गराउने उदेश्यका साथ झिम्रुक स्वाबलम्वि समुहमा सामाग्री वितरण गरिएको हाे ।

ऐरावति गाउपालिकाकाे अार्थिक सहयाेग,हेफर प्राेजेक्ट नेपालकाे प्राविधिक सहयाेगमा मल्लरानि ग्रामीण विकास सराेकार केन्द्रकाे सहजिकरणमा सञ्चालित परियाेजन अन्तरगत सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा वार्ड नम्वर १ का अध्यक्ष अमर रेश्मिले परम्परागत कृषि प्रविधिले कृषककाे प्रगति नहुने भन्दै अाधुनिक विधिबाट उत्पादन गर्नुपर्नेमा जाेड दिनुभयाे । समुहले व्यबसायिक खेति सम्बन्धि तालिम तथा अन्य स्रोत समेत प्राप्त गरेकोले काम गरेर देखाउनु पर्ने बताउनुभयो । कृषि क्षेत्रकाे विकासका लागि गाउँपालिकाले मुख्य प्राथमिकता दिएको स्मरण गराउदै कृषकले मन,वचन र कर्मले काम गरेमा मात्रै पालिकाकाे लक्ष्य हासिल हुने उहाकाे भनाइ रहेकाे छ ।

कार्यक्रममा बोल्दै परियोजना संयोजक नेत्र मरासिनीले कृषकले उत्पादनमा जाेड दिनुपर्ने र सहकारिले स्थानिय उत्पादन लाई बजारीकरण गर्ने र उत्पादनसँग सदस्य लाई जोड्ने काम गर्ने बताउनुभयाे । उहाले भन्नुभयो उत्पादनमा समूह लाग्नुस,बजारिकरणमा पालिका र परियाेजनाले व्यवस्थापन मिलाउनेछ ।

कार्यक्रममा वडा सदस्य टिकाराम अाचार्य,प्राविधिक संयोजक खिम बहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियोे । कार्यक्रम झिम्रुक स्वाबलम्वि समूह अध्यक्ष मन्जु सुवेदिकाे अध्यक्षता र सामुदायिक सहजकर्ता टिकाराम नेपालीको सञ्चालनमा सम्पन्न भएको हाे ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?