एग्रोफरेष्ट्री बहुप्राविधिक शिक्षालय, छत्रदेवले मनायो ; परिषद्को ३७ औँ वार्षिकोत्सव

अर्घाखाँची ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी अन्तर्गतको एग्रोफरेष्ट्री बहुप्राविधिक शिक्षालय, छत्रदेव,अर्घाखाँचीले ३७ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमलाई रचनात्मक ढंगले सम्पन्न गर्ने क्रममा शिक्षालयले अघिल्लै दिनदेखि शिक्षालय एवं त्यस आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो । शिक्षालयका प्रशिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सब समारोहको आयोजनासमेत गरिएको थियो । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरूमा छनौट हुन सफल विद्यार्थीहरूलाई पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको थियो। शिक्षकहरुको तर्फबाट प्रियङ्का टन्डन,प्रतिक्षा बस्याल ,प्रचण्ड न्यौपाने, उमेश के.सी., ध्रुब शर्मा, ताराबहादुर नेपालीले मन्तव्य राखेका थिए भने विद्यार्थीहरुको तर्फबाट निरु कार्की र बेदबहादुर थापाले कार्यक्रमका सन्दर्भमा धारणा प्रस्तुत गरेका थिए ।शिक्षालयले गत फाल्गुन ४ गतेदेखि १२ गतेसम्म विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको थियो । कार्यक्रमको अवसर पारेर रोचक सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत भएका थिए ।

आज सम्पन्न औपचारिक कार्यक्रमको अध्यक्षता शिक्षालयका प्रमुख वसन्त टण्डन एवं कार्यक्रम सन्चालन कृषि प्रशिक्षक सरोज भट्टराईले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?