back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

एग्रोफरेष्ट्री बहुप्राविधिक शिक्षालय, छत्रदेवले मनायो ; परिषद्को ३७ औँ वार्षिकोत्सव

spot_img

अर्घाखाँची ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी अन्तर्गतको एग्रोफरेष्ट्री बहुप्राविधिक शिक्षालय, छत्रदेव,अर्घाखाँचीले ३७ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमलाई रचनात्मक ढंगले सम्पन्न गर्ने क्रममा शिक्षालयले अघिल्लै दिनदेखि शिक्षालय एवं त्यस आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो । शिक्षालयका प्रशिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सब समारोहको आयोजनासमेत गरिएको थियो । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरूमा छनौट हुन सफल विद्यार्थीहरूलाई पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको थियो। शिक्षकहरुको तर्फबाट प्रियङ्का टन्डन,प्रतिक्षा बस्याल ,प्रचण्ड न्यौपाने, उमेश के.सी., ध्रुब शर्मा, ताराबहादुर नेपालीले मन्तव्य राखेका थिए भने विद्यार्थीहरुको तर्फबाट निरु कार्की र बेदबहादुर थापाले कार्यक्रमका सन्दर्भमा धारणा प्रस्तुत गरेका थिए ।शिक्षालयले गत फाल्गुन ४ गतेदेखि १२ गतेसम्म विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको थियो । कार्यक्रमको अवसर पारेर रोचक सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत भएका थिए ।

आज सम्पन्न औपचारिक कार्यक्रमको अध्यक्षता शिक्षालयका प्रमुख वसन्त टण्डन एवं कार्यक्रम सन्चालन कृषि प्रशिक्षक सरोज भट्टराईले गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?