मल्लरानीले मनायो ४६ औं बार्षिक उत्सव

प्यूठान जिल्लाकै जेठो सामाजिक सस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले ४६ औं बार्षिक उत्सब भव्य रुपमा मनाएको छ । मल्लरानी गाउपालिका वार्ड नम्वर ४ भञ्ज्याङमा रहेको मुख्य कार्यलयमा बिशेष कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो ।
बार्षिक उत्सव समारोहमा स्थापनाकाल देखि हाल सम्म कार्यरत पुर्व तथा बर्तमान कार्यसमिती,कर्मचारी लगाएत सस्थाका शुभचिन्तकहरु,पत्रकार,समाजसेवीहरुको उपस्थितीमा पुर्नरमिलन,रोचक खेल तथा जलपानको आयोजना गरीएको थियो भने स्थानीय सञ्चारमाध्यम बाट सस्थाका गतिबिधी तथा शुभकामना सहितको कार्यक्रम प्रशारण गरीएको सस्थाका कार्यकारी निर्देशक विजय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पुर्व अध्यक्ष निर्मल कुमार श्रेष्ठले सस्था स्थापनाकाल देखि हालसम्म सस्थाले गरेका सामाजिक कार्य र त्यस बाट समाजमा भएको परीवर्तनका बारेमा जानकारी गराउनुभएका्े थियो । कार्यक्रममा सहभागीहरुले सस्थाको प्रगतीका निम्ती शुभकामना व्यक्त गरेका थिए ।
२०३६ सालमा खलंगा बजार क्षेत्रका युवाहरुको क्रियाशिलतामा आपसी सहयोग,सद्धभावना,समन्वयको वाताबरण निर्माण गरी युवा परीचालन मार्फत सामाजिक क्रियाशिलता बढाउने उदेश्यले मल्लरानी क्लवका रुपमा स्थापित यस सस्था २०३९ सालमा आधिकारीक रुपमा दर्ता भई सामाजिक कार्यमा अग्रसर रहेको छ । तत्कालीन अबस्थामा देउसी भैलो खेली संकलन गरीएको रकम बाट सामाजिक कार्य गर्न सुरु गरेको सस्थाले हाल राष्ट्यि तथा अन्र्तराष्ट्यि संघसस्था,संघिय,प्रदेश तथा स्थानीय सरकार लगाएत संग सहकार्य गर्दै प्युठान,रोल्पा,अर्घाखाँची लगाएतका जिल्लामा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
सामाजिक परीचालन तथा सामुदायिक शसक्तिकरण,स्वास्थ्य पोषण तथा सरसफाई र स्वच्छता,साना भौतिक पुर्वाधार निर्माण,जलवायु अनुकुललन विपत् न्यूनिकरण र जिविकोपार्जन तथा उद्यमशिलता विकास जस्ता क्षेत्र लाई मुख्य प्राथमिकता मानेर मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले कार्य गर्दै आइरहेको छ ।
कार्यक्रम सस्थाका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षता,कार्यकारी निर्देशक विजय कुमार श्रेष्ठको सहजिकरणमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?