back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना, चालकको मृत्यु

spot_img

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

मालारानी गाउँपालिका-२, कुभिन्डेमा बुटवलबाट आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना हुँदा मालारानी गाउँपालिका-२ का ५१ वर्षीय कृष्णलाल मरासिनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खनले जनाएको छ।

मरासिनी सोही गाडीका चालक हुन्। सडकबाट करिब ४ सय मिटर तल खसेको जिप छेदविच्छेद भएको थियो। गम्भीर घाइते भएका मरासिनिलाई गुल्मी जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

सबै यात्रुलाई छोडेर चालक मरासिनी एक्लै ढाँडाचौरस्थित आफ्नो घर तर्फ जाँदै गर्दा जिप दुर्घटना भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खनका प्रमुख जगन्नाथ मरासिनीले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?