नेपाल महिला संघ अर्घाखाची काठमाण्डौ सम्पर्क समितिले १ सय १५ औं अन्तराष्ट्रिय नरी दिवसको अवसरमा मथुरा बृद्धाश्रम गाेपेश्वर पीठमा आर्थिक सहयोग गरेको छ।
आफ्नै जिल्लामा केही सहा पुगोस् भन्ने उदेश्यका साथ सन्धिखर्क नगरपालिका ५ मा रहेको मथुरा बृद्धाश्रम गाेपेश्वर पीठमा १० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरी सस्थाकाे आजिवन सदस्य प्राप्त गरेको नेपाल महिला संघ अर्घाखाची काठमाण्डौ सम्पर्क समितिका सभापति शान्ता अर्यालले बताउनुभयो ।
जहाँ रहे पनि आफ्नो पाटी र जिल्लाकै लागि नै केही गर्ने हो संगठन बलियो बनाउन लागि पर्ने आफुहरुको मान्यता रहेको उहाँको भनाइ छ ।
जिल्लाबाहिर रहने दिदीबहिनीलाई आफ्नो जिल्लाकै लागि केही गर्नु पर्छ,भनेर संगठित गराई प्रत्येक पालिकाका नेपाली कांग्रेसमा आस्था राख्ने तर निष्क्रिय रहने दिदी बहिनी जुटाई समय समयमा मीटिंग र भेट्घाट गर्ने कार्य भइ रहेको पनि सभापति अर्यालले जानकारी दिनुभयो ।
नेपाल महिला संघ अर्घाखाची काठमाण्डौ सम्पर्क समितिले आगामी दिनमा पालिका स्तरीय महिला संघ गठन गर्ने कार्यक्रम रहेको छ ।