विविध कार्यक्रम गरि पाणिनि गाउँपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

अर्घाखाँची । पाणिनि गाउँपालिकाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी तथा घोइटो फोर कार्यक्रम सम्पन्न गरेको छ।

‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा पाणिनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पूर्व पालिका अध्यक्ष उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, विभिन्न महिला समूहका प्रतिनिधिहरू तथा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको दौरानमा प्रभातफेरी निकालिएको थियो, जसमा महिलाहरूले लैङ्गिक समानता र महिला अधिकारका विषयमा सन्देशमूलक नाराहरू प्रस्तुत गरेका थिए। त्यसपछि आयोजित घोइटो फोर प्रतियोगिताले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो।

यस अवसरमा बोल्दै गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शेषकान्त घिमिरेले महिला अधिकारको पुरानो र वर्तमान अवस्थाको चर्चा गरेका थिए । अध्यक्ष टेकराज न्यौपानेले महिलाको अधिकार सुनिश्चित गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउँदै समानतामूलक समाज निर्माणका लागि ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी पूर्व उपाध्यक्ष लक्ष्मि गौतमले प्राप्त अधिकारको सहि सदुपयोगमा महिलाहरुले ध्यान दिन आवश्यक रहेको बताईन् । उनले परिस्थिती पुरानो जस्तै नभएको भन्दै अझैपनि अधिकार प्राप्तीको लागि र त्यसको सदुपयोगको लागि आफै अगाडि बढ्नुपर्ने बताईन ।

कार्यक्रकी अध्यक्ष तथा गाउँपलिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले महिलाको सशक्तीकरण तथा समानता स्थापनाका लागि गाउँपालिका प्रतिबद्ध रहेको धारणा राखेकि थिइन ।

कार्यक्रममा सहभागी महिलाहरूले महिला दिवसको अवसरमा यस किसिमका गतिविधिले उनीहरूलाई थप हौसला मिल्ने र अधिकारप्रति सचेत गराउने बताएका थिए। महिला विकास निरिक्षक निर्मला चालिसेको संचालनमा सम्पन्न कार्यक्रममा वडा नं. ५ कि वडा सदस्य पार्वता सुनारले स्वागत मन्तब्य मार्फत स्वागत गरेकी थिइन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?