आठौँ पाणिनि महोत्सवको आयव्यय सार्वजनिक: २९ लाख आम्दानी, ३२ लाख खर्च

अर्घाखाँची । पाणिनी गाउँपालिकामा सम्पन्न आठौँ पाणिनी महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ। महोत्सव आयोजक समितिले महोत्सवको सम्पूर्ण आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो।

महोत्सवबाट कुल आम्दानी २९ लाख ५ हजार ७ सय ४०रुपैयाँ रहेको छ भने कुल खर्च ३२ लाख २६ हजार ४५ रुपैयाँ पुगेको आयोजक समितिका संयोजक झबिन सुनामले जानकारी दिए । आम्दानी मुख्यत: प्रायोजन, टिकट बिक्री, स्टल भाडा र अन्य स्रोतहरूबाट संकलन भएको थियो। खर्चतर्फ कलाकारको पारिश्रमिक, मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षासम्बन्धी व्यवस्था लगायतका शीर्षकहरू रहेका छन्।

महोत्सवमा ३ लाख भन्दा धेरै घाटा भएको आयोजकले जनाएको छ । संयोजक सुनामले घाटा भएपनि महोत्सव सफलतापूर्वक सम्पन्न भएको र यसबाट सांस्कृतिक प्रवर्द्धन तथा आर्थिक गतिशीलता बढाउन योगदान पुगेको बताए । उनका अनुसार महोत्सव भरमा १ करोड १६ हजार बराबरको कारोबार भएको छ । साथै, स्थानीय व्यवसायीहरूले पनि यस महोत्सवले व्यापार प्रवर्द्धनमा मद्दत पुर्‍याएको बताएका छन्।

पाणिनी गाउँपालिकाको सहकार्यमा आयोजित उक्त महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक प्रदर्शनी लगायतका गतिविधिहरू समावेश गरिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?