back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

आठौँ पाणिनि महोत्सवको आयव्यय सार्वजनिक: २९ लाख आम्दानी, ३२ लाख खर्च

spot_img

अर्घाखाँची । पाणिनी गाउँपालिकामा सम्पन्न आठौँ पाणिनी महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ। महोत्सव आयोजक समितिले महोत्सवको सम्पूर्ण आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो।

महोत्सवबाट कुल आम्दानी २९ लाख ५ हजार ७ सय ४०रुपैयाँ रहेको छ भने कुल खर्च ३२ लाख २६ हजार ४५ रुपैयाँ पुगेको आयोजक समितिका संयोजक झबिन सुनामले जानकारी दिए । आम्दानी मुख्यत: प्रायोजन, टिकट बिक्री, स्टल भाडा र अन्य स्रोतहरूबाट संकलन भएको थियो। खर्चतर्फ कलाकारको पारिश्रमिक, मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षासम्बन्धी व्यवस्था लगायतका शीर्षकहरू रहेका छन्।

महोत्सवमा ३ लाख भन्दा धेरै घाटा भएको आयोजकले जनाएको छ । संयोजक सुनामले घाटा भएपनि महोत्सव सफलतापूर्वक सम्पन्न भएको र यसबाट सांस्कृतिक प्रवर्द्धन तथा आर्थिक गतिशीलता बढाउन योगदान पुगेको बताए । उनका अनुसार महोत्सव भरमा १ करोड १६ हजार बराबरको कारोबार भएको छ । साथै, स्थानीय व्यवसायीहरूले पनि यस महोत्सवले व्यापार प्रवर्द्धनमा मद्दत पुर्‍याएको बताएका छन्।

पाणिनी गाउँपालिकाको सहकार्यमा आयोजित उक्त महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक प्रदर्शनी लगायतका गतिविधिहरू समावेश गरिएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?