अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राताे माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिला घाइते भएकी छन्।
गाउँपालिकाको वडा नं.३ स्थित बरका रूख औद्योगिक ग्रामभन्दा माथिल्लो क्षेत्रमा माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा पाणिनी-२ पोखराथोक रजौसाकी ३५ वर्षीया तुम्कला पहराई मगर घाइते भएकी हुन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आठजनाको समूह माटो लिन त्यहाँ पुगेको थियो। माटो खन्ने क्रममा अकस्मात माथिबाट ठूलो ढिस्को खसेर तुम्कला पहराईलाई च्यापेको थियो। उनीलाई ढाडमा लागेर घाइते भएकी छन्।
घटनापछि अन्य साथीहरू र स्थानीय बासिन्दाले उनलाई उद्धार गरी उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाएका छन्।