अर्घाखाँची । पाणिनी गाउँपालिकाले कक्षा ३ र ५ का विद्यार्थीहरूको सिकाइ स्तर मापन गर्न पालिका स्तरिय उपलब्धि परीक्षा सञ्चालनको तयारि पूरा भएको छ ।
उक्त परीक्षा भोलि, चैत्र ५ गते हुने परिक्षाको लागि प्रश्नपत्र तयारी गरि केन्द्रसम्म पुर्याउने काम भइसकेको छ । यस परीक्षामा पालिका भरिका कक्षा ३ का ३१७ जना र कक्षा ५ का ३७६ जना विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा सञ्चालनका लागि १९ ओटा परीक्षा केन्द्र तोकिएको छ।
गाउँपालिकाले विगत तीन वर्षदेखि उपलब्धि परीक्षा सञ्चालन गर्दै आएको छ। सिकाइ उपलब्धिको आकलन गरि विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गर्न पालिकाले यो परीक्षा महत्वपूर्ण कदमको रूपमा लिएको छ।
परीक्षामा संबंधित कक्षाका सबै विषय तथा सामान्य ज्ञान समेटेर ५० प्रश्नको १०० पूर्णाङ्कको परीक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा शाखाका बिरेन्द्र गौतमले जानकारी दिए ।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई विशेष सम्मानसमेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न तथा विद्यार्थीको शैक्षिक उपलब्धि मापन गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।