कक्षा १२ को परीक्षामा असहयोग गर्ने महासङ्घको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासङ्घले सम्पूर्ण शिक्षक कर्मचारीलाई काठमाडौमा बोलाएको छ । नयाँ शिक्षा ऐन जारी गराउन दबाब दिने उद्देश्यले काठमाडौमा बोलाएको हो ।

नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ । यसैकममा २०८१ चैत्र २० गतेबाट काठमाडौ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएकोले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आउनुहुन सबै प्रधानाध्यापक, शिक्षक-कर्मचारीहरुलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘ काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र.अ.तथा शिक्षक-कर्मचारी साथीहरुमा आग्रह गर्दछौ।’ त्यसैगरी २०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अपीलसमेत महासङ्घले गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?