नवलपरासी द्वारा बृहत रक्तदान कार्यक्रम आयोजना हुँदै

“रक्तदान जिवनदान”भन्ने मुल नारालाई आत्मसात गर्दै “नवलपरासी सेवा समाज कतार”ले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा आगामी मे १६ तारिकमा कतारको हमाद अस्पतालको राष्ट्रिय रक्तदान सेन्टरमा उक्त कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष दुर्गा हमालले समाचार पोस्टलाई बताएका हुन।

समाजले एक सूचना मार्फत कतारमा स्थापित सम्पुर्ण संघ- संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,सामाजिक तथा बुद्धिजीवी वर्गहरु,सामाजिक अभियान्ताहरु लगायत कतारमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथ दिदिबहिनीहरुमा यस पुण्य कार्यमा सहभागिताका लागि अनुरोध गरेको छ ।

कतार प्रवेश गरेको चार महिना पूरा भएका जोकोहिले पनि रक्तदान गर्न सकिने भएकोले रक्तदाताहरुले रक्तदान गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात ( कतारी आइडी , लाइसेन्स वा हेल्थ कार्ड ) अनिवार्य रुपमा लिएर आउनुपर्नेछ । साथै रक्तदाताले यदि पहिला पनि रक्तदान गरेको भए रक्तदान गरेको दुई महिना पूरा भएको , मदिरापान सेवन नगरेको ,दिर्घरोग नभएको , कुनै पनि खालको एन्टिबायोटिक औषधि प्रयोग नगरेको , कम्तिमा आठ घण्टा सुतेको हुनुपर्नेछ भनें रक्तदाताको उमेर १८-६५ वर्ष साथै तौल कम्तिमा ५० केजि हुनुपर्ने कुरा आयोजकले जनाएको छ ।

उक्त मानविय तथा पुण्य कार्यमा सहभागी हुन ईच्छुकहरुको सहजताका लागि आयोजकले निशुल्क यातायातको व्यवस्था समेत गरेको संस्थाका उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक नर बहादुर थापाले जानकारी दिएका छन् । थप सहजताका लागि महासचिव चन्द्र गुरुङ ७७४१३६१६ र संस्थाका अध्यक्ष दुर्गा हमाललाई पनि (७७७१७९०८) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?