अर्घाखाँचीका पालिकामा ५ करोडभन्दा बढि बेरुजु : कुन पालिकाको कति?

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/०८१ मा मा बेरुजु घटेको छ ।

महालेखाले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा बेरुजु घटेको देखिएको हो । महालेखापरीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा १० करोड ३२ लाख, ८ हजार रुपैयाँ बेरुजु देखिएको थियो भने ६२ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा ५ करोड १ लाख २३ हजार बेरुजु देखिएको हो । यो रकम गत वर्षको तुलनामा ५ करोड ३० लाख ८५ हजार रुपैयाँले कमी हो ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँचीमा जम्मा १० अर्ब ६ करोड ४० लाख १७ हजार रुपैयाँको लेखा परिक्षण गर्दा १५ करोड १ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको हो । 

पाणिनि गाउँपालिका

पाणिनि गाउँपालिकामा गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ५० लाख २५ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ०.६१ प्रतिशत अर्थात १ करोड तीन लाख ६ हजार रुपैयाँ बेरुजु रहेको थियो । ६२ औँ प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको १ अर्ब ४४ करोड ५० लाख ४८ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ०.११ प्रतिशत अर्थात १५ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको हो । ।

छत्रदेव गाउँपालिका

छत्रदेव गाउँपालिकामा १ अर्ब ३८ करोड ९६ लाख ८४ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ५१ लाख ४५ हजार रुपैयाँ अर्थात ०.३७ प्रतिशत बेरुजु देखिएको हो ।

मालारानी गाउँपालिका

मालारानी गाउँपालिकामा १ अर्ब ५२ करोड ५६ लाख ३७ हजारको लेखा परिक्षण गर्दा १ करोड ७ लाख ९६ हजार रुपैयाँ अर्थात ०.७१ प्रतिशत बेरुजु देखिएको हो ।

सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिकामा २ अर्ब १२ करोड ३१ लाख ९९ हजारको लेखा परिक्षण गर्दा १ करोड ९२ लाख ७९ हजार रुपैयाँ अर्थात ०.९१ प्रतिशत बेरुजु देखिएको हो । गतवर्ष सन्धिखर्कमा ९५ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

भूमिकास्थान नगरपालिका

भूमिकास्थान नगरपालिकामा १ अर्ब ६५ करोड ७० लाख लाख २५ हजारको लेखा परिक्षण गर्दा ३१ लाख ११ हजार रुपैयाँ अर्थात ०.१९ प्रतिशत बेरुजु देखिएको हो ।

शितगंगा नगरपालिका

देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकामा १ अर्ब ९२ करोड ३४ लाख २४ हजारको लेखा परिक्षण गर्दा १ करोड २ लाख ५७ हजार रुपैयाँ अर्थात ०.५३ प्रतिशत बेरुजु देखिएको हो ।

प्रचलित कानुनबमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको वा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथ्य तथा तथ्याङ्कलाई बेरुजुका रुपमा परिभाषित गरिएको छ ।

बजेट र योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखाङ्कन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेबार व्यक्ति तथा संस्थाले जबाफदेहीता बोध नगर्ने र उक्त अनुशासनमा नरही लापरवाही तरिकाले कार्य सम्पादन तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने महालेखा परीक्षकको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?