पाणिनीका पूर्व अध्यक्ष गौतमको विकास यात्राः हारको भावनालाई सेवा र समर्पणमा रूपान्तरण

बजेट निर्माणको घडी, सरकारका तीनै तह व्यस्त छन्। लुम्बिनी प्रदेशको राजधानी देउखुरीस्थित राप्ती उपत्यका पनि यस बेला योजनाका भारी बोकेर आएका जनप्रतिनिधि र नेताहरुले भरिएको छ। मन्त्रालयका गल्लीमा दौडधुप देखिन्छ। यिनै भिडभाडबीच देखा परे एक चिनारो अनुहार, पाणिनी गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतम।

अच्युत गौतम, जो अहिले कुनै पदमा छैनन्। तर हातमा योजना छन्, हृदयमा पाणिनीको माया, र मनमा बिकासको दृढ संकल्प। चुनावमा हार बेहोरेका गौतम आज पनि त्यस्तै जोशका साथ राजधानी धाइरहेका छन्, आफ्नो गाउँका लागि केही ल्याउने आशामा।

मुख्यमन्त्री चेतनारायण आचार्यदेखि अर्थमन्त्री धनेन्द्र कार्की, कृषिमन्त्री दिनेश पन्थीसँग भेटघाट, सामाजिक विकास, खानेपानी, भौतिक पूर्वाधार र सिँचाइ मन्त्रालयसम्म उनको दौड थियो। जहाँ–जहाँ पुगे, पाणिनीका योजना र सम्भावनाका कुरा राखे। सडक, खानेपानी, कृषि पूर्वाधार, सिँचाइ प्रणाली, शिक्षा र स्वास्थ्य सबै पक्षमा उनले ध्यानाकर्षण गराए।

उनी भन्छन्, “पदमा नहुनु सेवा गर्न नपाउने होइन, मतदाताको विश्वासको सम्मान भनेको जेजस्तो अवस्थामा पनि गाउँको पक्षमा खटिनु हो।” उनको यो सक्रियता त्यो उदाहरण हो, जहाँ राजनीतिक हारले निराशा होइन, अझ कर्तव्यबोध थपिदिन्छ।

पाणिनीका दर्जनौं योजना बोकेर राजधानी पुगेका गौतमले साँचो नेतृत्व कुर्सीमा होइन, जनतासँगको सम्बन्ध र संकल्पमा निहित हुन्छ भन्ने देखाएका छन्। शब्दभन्दा बढी काम बोल्ने गौतम अहिले पनि पाणिनीका लागि त्यतिकै समर्पित छन्, जति अध्यक्ष हुँदा थिए।

देउखुरीमा गुञ्जिएको भिडभाडबीच एउटा अनुहार यस्तो पनि थियो जसको आँखामा विकासको सपना र काँधमा गाउँको भार थियो। त्यसै अनुहारले फेरि एकपल्ट प्रश्न गर्‍यो — “नेतृत्व भनेको पद हो कि भावना?”

“जनताको मतको सम्मान पदमा बसेर मात्र हुने होइन, जुनसुकै अवस्थामा पनि जनताको पक्षमा उभिनु नेतृत्वको धर्म हो,” गौतमले भने, “पद गुमे पनि पाणिनीप्रतिको माया गुमेको छैन।”

स्थानीय तहको गत निर्वाचनमा पराजित भएका गौतम पाणिनी गाउँपालिकाका पहिलो अध्यक्ष हुन्। कार्यकालमा उनले शिक्षा, स्वास्थ्य, सडक, कृषि र अन्य पूर्वाधार विकासमा विभिन्न काम गरेका थिए। पद नहुँदा पनि निरन्तर जनसरोकारका विषयमा आवाज उठाउँदै आएका उनले यसपटक बजेट निर्माणकै बेला राजधानी पुगेर सक्रियता देखाएका हुन्।

गौतमले पेश गरेका योजनामा प्राथमिकताका विषयहरूको अध्ययन गरी मन्त्रालयहरूले सकारात्मक छलफल भइरहेको जनाइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?