पाणिनिमा निर्माणाधीन १५ शैय्याको अस्पतालको अनुगमन, ८५ प्रतिशत काम सम्पन्न

अर्घाखाँची । पाणिनि गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन १५ शैय्याको अस्पतालको अनुगमन सम्पन्न भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको नेतृत्वमा गरिएको अनुगमन टोलीमा गाउँपालिकाका इन्जिनियर मोहराज पौडेल, तत्कालीन लेखा प्रमुख बालकृष्ण आचार्यसहित कर्मचारीहरूको सहभागिता थियो।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले निर्माण कार्यको प्रगति सन्तोषजनक रहेको भन्दै निर्माण कम्पनीलाई कामको गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए।

“हालसम्म अस्पताल निर्माणको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ,” उनले भने, “बाँकी काम पनि तोकिएको समयसीमाभित्र सम्पन्न हुने विश्वास लिएको छु।”

उक्त अस्पताल निर्माण कार्य २०७९ साल असार ९ गते सुरु भएको हो भने निर्माण सम्पन्न गर्ने तोकिएको म्याद २०८२ साल असार ३ गतेसम्मको रहेको छ। स्थानीयवासीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित निर्माण भइरहेको यस अस्पतालले पाणिनि गाउँपालिकाको स्वास्थ्य पूर्वाधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?