स्थानीय तह कर्मचारी युनियन, नेपाल केन्द्रीय समितिको चौथो बैठक सुर्खेतमा सम्पन्न

चेतमान पौडेल

सुर्खेत,  कर्णाली प्रदेशको सुर्खेतमा स्थानीय तह कर्मचारी युनियन, नेपाल केन्द्रीय समितिको चौथो बैठक सम्पन्न भएको छ। बैठक युनियनका अध्यक्ष नरबहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) की उपाध्यक्ष तथा स्वास्थ्य क्षेत्रका श्रमिक प्रतिनिधि राधिकाकुइकेल खनाल प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभयो।

बैठकको औपचारिक सत्रमा अध्यक्ष साउदले स्थानीय तहका कर्मचारीहरूको सेवा सुरक्षासँग जोडिएका विषयमा युनियनले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युनियनको सक्रिय सहभागिता आवश्यक रहेको र संघीयता कार्यान्वयन सँगसँगै कर्मचारी संरचनाको स्थायित्व सुनिश्चित गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो।  राधिका कुइकेल खनालले श्रमिक आन्दोलनमा युनियनहरूको एकता, महिला सहभागिता र स्थानीय तहमा श्रम अधिकारको प्रवर्द्धनबारे धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहका कर्मचारीहरूको समस्या समाधानका लागि नीतिगत हस्तक्षेपसहित एकीकृत आवाज आवश्यक छ। युनियनले श्रममाथिको हमला र असुरक्षाविरुद्ध सशक्त रुपमा प्रस्तुत हुनुपर्छ।” बैठकपश्चात् कर्णाली प्रदेश समितिका अध्यक्ष नारायण भट्टराई र केन्द्रीय उपाध्यक्ष मोहनबहादुर शाहीको संयोजनमा “स्थानीय सेवा सञ्चालन तथा गठन ऐन” सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा कानुनी विज्ञ, स्थानीय प्रतिनिधि तथा प्रदेश स्तरका युनियन अगुवाहरूको सहभागिता उल्लेखनीय रहेको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्य आतिथ्य प्रदान गर्दै भन्नुभयो, “स्थानीय तहमा काम गरिरहेका कर्मचारीहरू लोकतान्त्रिक अभ्यासका आधार स्तम्भ हुन्। उनीहरूको सेवा शर्त र अधिकार सुनिश्चित गर्नु सरकारको दायित्व हो। युनियनले न्यायसंगत र समावेशी संरचना निर्माणमा निरन्तर दबाब सिर्जना गर्नुपर्छ।” कार्यक्रममा स्थानीय तहका कर्मचारीहरूको सेवा स्थायित्व, पद संरचना, सरुवा प्रक्रिया, तलब–सुविधा र संघीय सरकारसँगको समन्वयका विषयमा गम्भीर छलफल भएको थियो।

वक्ताहरूले राजनीतिक नेतृत्व, युनियन र प्रशासनबीच समन्वय बढाउनुपर्नेमा जोड दिएका थिए। बैठक र अन्तरक्रियाका निष्कर्षहरूलाई आगामी राष्ट्रिय सम्मेलन र सरकारसँगको संवादमा समावेश गर्ने प्रतिबद्धता युनियनले जनाएको छ। कार्यक्रमको समापनमा सहभागी सबैले युनियनको एकता, सशक्त संगठन निर्माण र कर्मचारीको हकहितमा निरन्तर संघर्ष गर्ने दृढता व्यक्त गरेका थिए। यो बैठकले स्थानीय तह कर्मचारीहरूको आवाजलाई संस्थागत ढंगले अगाडि बढाउने रणनीतिक मञ्चको रुपमा महत्वपूर्ण भूमिका खेलेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?