पाणिनिमा २५ परिवार भूमिहीन सुकुम्बासी

अर्घाखाँची । पाणिनि गाउँपालिका स्तरीय भूमि समस्या सहजीकरण समितिको बैठक सम्पन्न भएको छ।

समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभरिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित गरि २५ घरपरिवारलाई सूचीबद्ध गर्ने निर्णय गरेको हो।

स्थानीय तहमा भूमि समस्या समाधानका लागि सहजीकरण गर्न र आवश्यक तथ्यांक संकलन गर्न स्थानीय तह प्रमुखको नेतृत्वमा समिति गठन हुने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार गठित समितिको यो बैठकले भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्साजस्ता कार्यलाई प्रभावकारी बनाउन २५ परिवारलाई प्राथमिकतामा राखेर सूचीकरण गर्ने निर्णय गरेको जनाइएको छ। वडाहरुले सिफारिस गरि समितिमा पठाएका व्यक्ति तथा परिवारको सूचीकरण गर्ने णिर्णय भएको हो । जसमा पाणिनि गाउपालिका वडा नम्बर ३ का ३ घरपरिवार, वडा नम्बर ५ का ७ घरपरिवार, ६ का २ घरपरिवार, ७ का ३ घरपरिवार र ८ का १० घरपरिवार रहेका छन् ।

बैठकले भूमिहीन तथा सुकुम्बासीको अवस्था सुधार गर्न, उनीहरूको आवासीय अधिकार सुनिश्चित गर्न र योजनाबद्ध विकासमा समावेश गर्न यो कदमले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। स्थानीय तहका प्रतिनिधिहरू, समिति सदस्यहरू, राजनैतिक दलका प्रतिनिधिहरु तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न यो बैठकले भूमिहीन र अव्यवस्थित बसोवासीको हक अधिकार संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अव्यवस्थित बसोबासिको हकमा भने समितीले पछि निर्णय गर्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?