विवाह भएकाे २ महिनामै शंकास्पद रुपमा मृत भेटिइन् अस्मिता

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला गरेकी छन् ।

तिलोत्तमा-३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

शनिबार दिउँसो करिब १२ बजेदेखि हराएकी भनिएकी अस्मिता तिनाउ नदीको बीच भागमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइत भएकी अस्मिताले गत वैशाख २६ गते विवाह गरेकी थिईन । गुल्मीको गुल्मिदरबार गाउँपालिका-४  घर भई हाल तिलोत्तमा-३ शंकरनगरमा सासुसँग घर भाडामा बस्दै आएका थिए । उनका श्रीमान अनिल चुँदाली शर्मा रोजगारका लागि भारतमा रहेका छन् ।

अस्मिताको परिवारले शनिबार दिउँसो करिब ३ बजेको समयमा छोरी हराएको खबर आफूहरुलाई सुनाएको अस्मिताका बुवा नागेन्द्र पटहरालले बताए । हराएको खबर पाए लगत्तै खोजीकार्यमा लागेका उनीहरुलाई अस्मिताको घरबाट नै आइतबार फोन गरि छोरी मृत भेटिएको जानकारी गराएका थिए ।

खबर पाएसँगै घटना स्थल तिलोत्तमा-६ पश्चिम पहुनी स्थित तिनाउ नदिमा पुग्दा छोरीको शवलाई उठाएर पोस्टमार्टमका लागि अस्पताल लगिएको पाइएपछि घटना शंकास्पद भएको माइती पक्षको आरोप छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले घटना बारे थप अनुसन्धान अघि बढेको बताएका छन् । शवको पोस्टमार्टम पछिमात्रै अन्य कुरा जानकारी हुने उनले बताए ।

शव खोदामा घोप्टो अवस्थामा भेटिएको थियो । ग्लोबल आवाजबाट

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?