ईरान द्वारा कतार स्थित अमेरीकी बेस क्याम्पमा मिसाइल आक्रमण, कतार सरकार द्वारा घोर आपत्ति

इरानले कतारमा रहेको अमेरिकी एयर बेसमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी सञ्चार माध्यमहरूले शक्तिशाली र विजयी प्रतिक्रिया भन्दै अमेरिका विरुद्ध आक्रमण थालिएको घोषणा गरेका छन् ।

इरानको सरकारी संचालित तास्निम समाचार एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोल्युशनरी गार्डले कतार स्थित अल–उदेद एयर बेसमा मिसाइल आक्रमण गरेको हो । सोमबार अबेर राति कतारमा विस्फोटको आवाज सुन्निएको रिपोर्टहरू सार्वजनिक भएका छन् ।

यस अघि बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनरले कतारस्थित अमेरिकी नेतृत्वमा सञ्चालित कोअलिशन एयर अपरेसन सेन्टरमा ‘खतरा’ रहेको रिपोर्ट दिएका थिए । त्यसलगत्तै, कतारस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो ।

यस्तै, बेलायतका विदेशमन्त्री डेभिड लाम्मीले पनि कतारमा रहेका बेलायती नागरिकलाई सतर्कता अपनाउन भनेका छन् ।

कतार सरकारले स्थिति गम्भीर भएपछि हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ, जसले गर्दा दोहा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेका विमानहरूलाई अन्यत्र मोडिएको छ ।

कतारको परराष्ट्र मन्त्रालयले अमेरिकी एयर बेसमाथिको आक्रमणको कडा निन्दा गर्दै यसलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको चार्टरको स्पष्ट उल्लंघन भनेको छ । मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले भनेका छन्, ‘कतारको हवाई सुरक्षातन्त्रले इरानी मिसाइलहरूलाई सफलतापूर्वक अवरुद्ध गरेको छ र बेसमा रहेका सबैको सुरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाइएको छ ।’

उनले आक्रमणमा मानवीय क्षति नभएको जनाउँदै कतारले यस निर्लज्ज आक्रमणको प्रकृति र परिमाणअनुसार उचित जवाफ दिने अधिकार सुरक्षित राख्ने बताएका छन् ।

यसैबीच, अमेरिकी ह्वाइट हाउस र पेन्टागनले पनि अल–उदेद एयर बेसमाथि सम्भावित खतरा रहेको पुष्टि गर्दै स्थिति निगरानीमा राखिएको जानकारी दिएका छन् ।

कतार नेपालीहरूको प्रमुख रोजगार गन्तव्य राष्ट्र हो । कतारमा इरानले गरेको आक्रमणपश्चात् त्यहाँ वैदेशिक रोजगारीमा रहेका करिब साढे ३ लाख नेपाली कामदारहरूमा त्रास बढेको छ ।

कतारसँगै अन्य खाडी मुलुकमा पनि अमेरिकी एयर बेसहरू रहेका छन् । खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखडा र सम्पत्तिमा आक्रमण भए ती क्षेत्रमा वैदेशिक रोजगारमा रहेका लाखौं नेपाली प्रभावित हुने देखिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?