पाणिनिमा एसईईको नतिजा: भानु मावि र धातिवाङ मावि उत्कृष्ट

अर्घाखाँची यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पाणिनि गाउँपालिकाका विद्यालयहरूमध्ये भानु माध्यमिक विद्यालय र धातिवाङ माध्यमिक विद्यालय पाणिनि मै उत्कृष्ट बन्न सफल भएका छन्। पाणिनि–५, मैदानमा अवस्थित भानु मावि र पाणिनि–६, धातिवाङमा रहेको धातिवाङ माविले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै पालिकाभरिमै उत्कृष्ट नतिजा ल्याएका छन् ।

गाउँपालिकाभरीबाट एसईईमा सहभागी खुल्ला तर्फसमेत गरि कुल ३ सय १२ जना विद्यार्थीमध्ये २ सय १० जना उत्तीर्ण भएका छन् भने १ सय २ जना विद्यार्थीको ग्रेड वृद्धि गर्नुपर्ने भएको छ। पालिकाभरकाे नतिजा यस वर्ष उल्लेख्य बृद्धि भएकाे छ । पाणिनि गाउँपालिकाका शिक्षा अधिकृत तेज बहादुर खनालका अनुसार गतवर्षकाे तुलनामा यस वर्ष १३० प्रतिशतले बृद्धि भएकाे हो । पालिकाका १६ वटा माध्यमिक विद्यालयहरूको नतिजा हेर्दा भानु मावि र धातिवाङ माविको प्रदर्शन लोभलाग्दो देखिएको छ।

भानु माविबाट यस वर्ष ११ जना विद्यार्थी एसईईमा सहभागी थिए। तीमध्ये ४ जना विद्यार्थीले ३.६ देखि ३.९९ जीपीए प्राप्त गरेका छन्। यस्तै, ६ जना विद्यार्थीले ३.२ देखि ३.५९ जीपीए हासिल गर्दा १ जना विद्यार्थीले २.४० देखि २.७९ जीपीए प्राप्त गरेका छन्। यसरी भानु माविले आफ्ना सबै ११ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ। यसैगरी, पाणिनि–६, धातिवाङमा रहेको धातिवाङ माध्यमिक विद्यालय पनि शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। धातिवाङ माविबाट एसईईमा सहभागी भएका ११ जना विद्यार्थीमध्ये ४ जना विद्यार्थीले ३.६ देखि ३.९९ जीपीए प्राप्त गरेका छन्। यस्तै, ५ जना विद्यार्थीले ३.२ देखि ३.५९ जीपीए हासिल गर्दा २ जना विद्यार्थीले २.८ देखि ३.१९ जीपीए प्राप्त गरेका छन्।

त्यस्तै शिक्षा अधिकृत खनालका अनुसार प्रारम्भिक नतिजा हेर्दा जनसेवा माविका एक विद्यार्थी ३.९५ जिपिए ल्याउँदै जिल्ला मै तेस्रो हुन सफल भएका छन ।

भानु माध्यमिक विद्यालयले उत्कृष्ट नतिजाका लागि दाताहरूको सहयोगमा खाना र खाजासहित गत फागुन १ देखि विद्यार्थीहरूलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमै राखेर अध्यापन गराएको थियो, जसले नतिजा सुधारमा ठूलो सहयोग पुगेको देखिन्छ।

यस उत्कृष्ट नतिजाबारे भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक जिवलाल पाेखरेलले खुसी व्यक्त गर्दै भने, “यो नतिजा हामी सबैको सामूहिक प्रयासको प्रतिफल हो। विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको निरन्तरको मेहनत र सहकार्यले गर्दा नै हामीले यो सफलता प्राप्त गर्न सकेका छौँ। विशेषगरी, बिहानदेखि बेलुकासम्म विद्यालयमै विद्यार्थीलाई राखेर अतिरिक्त कक्षा सञ्चालन गर्ने हाम्रो रणनीति निकै प्रभावकारी साबित भयो। आगामी दिनमा अझ राम्रो नतिजाका लागि थप प्रयास गर्नेछौँ।”

यसअघिको एसईई नतिजामा यी दुवै विद्यालयको प्रदर्शन केही कमजोर रहेको थियो, तर यस वर्ष भने दुवै विद्यालयले प्रशंसनीय सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्।

यस सफलताले पाणिनि गाउँपालिकाको शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?