फ्याक्टचेक : शितगंगाको भनेर सामाजिक सञ्जालमा भाइरल तस्बिर अरु ठाउँको भएको पुष्टि

अर्घाखाँची । आज दिनभरि सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भयो, जसमा एक महिला सडकको कालोपत्रे सतह (बिटुमिन)लाई प्लास्टिकजस्तै हातमा उठाएर देखाइरहेकी छन्। उक्त तस्बिरलाई “शितगंगा अर्घाखाँचीको विकास” भनेर लेख्दै धेरैले शेयर गरेका छन्। धेरैले उक्त तस्बिर अर्घाखाँचीको शितगंगा नगरपालिकाको सडकको दयनीय अवस्था देखाउन भन्दै आलोचना स्वरूप सेयर गरेका छन्।

 

शितगंगाका मिडियाकर्मी तथा सामाजिक सचेतक झनक केसीको फेसबुकमा “शितगंगाको पतन्जली मार्गमा पर्ने जुकेना,जलुकेबासीले समयमै ध्यान दिऔ है पिचको हालत यस्तै होला है।। पानी परेर धेरै दिनमा घाम लागेपछी एका बिहानै पिच सुक्यो कि नाइ भनेर चेक गरेको रे 😂🙄 फोटो–सावार” भन्ने क्याप्सन सहित पोष्ट भयो । १५ हजार फलोअर्स भएको उक्त आईडिबाट साझा गरिएको उक्त तस्बिरले हामिले समाचार तयार पार्दासम्म ३ सय ६७ रियाक्ट, १३७ कमेण्ट र ६५ सेयर पाईसकेको छ ।

तर हामिले फ्याक्ट चेक गर्दा सो तस्बिर शितगंगा नगरपालिकाको नभई अन्य ठाउँको भएको प्रमाणित भएको छ। शितगंगा नगरपालिकाका सूचना अधिकारि नुमलाल खनालले तस्बिरको वास्तविकता प्राविधिक टोलीमार्फत छानबिन गर्दा त्यो तस्बिर शितगंगाको कुनै आयोजनासँग सम्बन्धित नभएको पुष्टि गरेका छन्। “सो तस्बिरको वास्तविकता हामीले प्राविधिक टोलीमार्फत जाँच गर्‍यौं, जुन तस्बिर शितगंगाको कुनै पनि आयोजनाको नभएको पत्ता लागेको छ,” खनालले बताए।

तस्बिर कहाँकाे हाे भन्ने यकिन नभएपनि उक्त तस्बिर वास्तवमा टिकटक प्रयोगकर्ता @anjanasharma466 द्वारा २०२४ डिसेम्बर ११ मा पोष्ट गरिएको एक भिडिओको स्क्रिनसट भएको पाइएको छ। भिडियोलाई हेर्दा पनि त्यो स्थान अर्घाखाँचीको शितगंगा होइन भन्ने स्पष्ट हुन्छ। सो प्रयोगकर्तासँग सम्पर्क गर्दा उनले पनि उक्त भिडियो शितगंगाको नभएको पुष्टि गरेकि छन्।

@anjanasharma466 #foryoupage #fly #trending #tiktok #anjanasharma466 ♬ original sound – yubraj_ kc_ official

 

त्यस्तै, फेसबुकमा तस्बिर सेयर गर्ने शितगंगाका झनक केसीसँग सम्पर्क गर्दा उनले तस्बिर शितगंगाको नभई अन्यत्रकै रहेको पुष्टि भएको छ। केसीले सामाजिक सचेतनाका लागि तस्बिर पोस्ट गरिएको बताउँदै धेरैले सो तस्बिर शितगंगाको ठान्नु गलत बुझाइ भएको स्वीकार गरे।

यस्ता भ्रामक तस्बिर र क्याप्सनले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने भएकाले सावधानी अपनाउन आवश्यक छ। सामाजिक सञ्जालमा तस्बिर वा भिडियो पोस्ट वा सेयर गर्नु अघि स्थानीय स्रोत, स्थान र प्रमाण पुष्टि गर्न जरुरी छ। भ्रामक जानकारीले स्थानीय तहको छवि बिगार्न सक्छ र आम जनतालाई भ्रममा पार्न सक्छ।

नगरपालिकाले यस्ता हल्लामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आधिकारिक सूचना वा स्रोतबाट मात्रै जानकारी लिन अनुरोध गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?