डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुखमाथि कुटपिट सुनियोजित र योजनाबद्ध: अध्यक्ष खड्का

अर्घाखाँची । डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै अज्ञात समूहद्वारा आक्रमण भएको छ। आइतबार कार्यालय समयमा कार्यालयभित्रै शाहमाथि कुटपिट गरिएको हो।

यस घटनाप्रति नेपाल वन प्राविधिक संघ लुम्बिनीले घोर भर्त्सना गरेको छ। संघका अध्यक्ष केशव खड्काले घटनालाई सुनियोजित र योजनाबद्ध भन्दै दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन्।

केही दिनअघि मात्र व्यक्तिगत भेटघाट र खानपिनलाई पत्रकारिता र सम्बन्धको हवाला दिँदै ती कार्यालय प्रमुखको क्वार्टरबाट ‘लाइभ’ कार्यक्रम चलाइएको थियो। तर आज ती कार्यालय प्रमुखमाथि नै कार्यकक्षभित्रै कुटपिट हुनु, घटनाको गम्भीर योजना भएको स्पष्ट प्रमाण भएको अध्यक्ष खड्काको भनाइ छ।

“यस प्रकारको उदण्ड व्यवहार र आक्रामक घटनाको तत्काल उपचार जाजरकोट प्रशासनले गर्नुपर्छ,” अध्यक्ष खड्काले भने, “केही पत्रकार, राजनीतिक दलका कार्यकर्ता वा टोल समूहका नाममा घटिरहेका यस्ता घटना घोर निन्दनीय छन्।”

संघले कर्णाली प्रदेशको वन मन्त्रालय र वन प्राविधिक संघ कर्णालीलाई घटनासम्बन्धी आवश्यक कानुनी सहजीकरण र समन्वय गर्न आग्रह गरेको छ। साथै, जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग दोषीलाई अविलम्ब कानुनी कारबाहीमा ल्याउन आग्रह गरिएको छ।

संघले कुटपिटजस्तो हिंसात्मक कार्यले सरकारी सेवा र प्रशासकीय मर्यादामाथि आघात पुर्‍याउने भन्दै यस्ता घटनामा शून्य सहनशीलता अपनाउन आग्रह गरेको छ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?