पाणिनि गाउँपालिकाको वित्तीय प्रगति ८७ प्रतिशत

अर्घाखाँची । चालु आर्थिक वर्ष २०८१/८२ को समाप्तिसम्म पाणिनि गाउँपालिकाले ८७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। गाउँपालिकाका अनुसार चालु तथा पूँजीगत दुवै खाले बजेटमा सन्तोषजनक खर्च भएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु तर्फ ८७.१९ प्रतिशत र पूँजीगत तर्फ ८९.८३ प्रतिशत बजेट खर्च भएको छ। समग्रमा ८७. ८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको हो। गाउँपालिकाले ६६ करोड २३ लाख ९४ हजार रुपैयाको बजेट पेश गरेको थियो । जसमध्ये ९४.३८ प्रतिशत बजेट आर्थत ६२ करोड ५२ लाख ५ हजार ८२ रुपैया ८५ पैसा पालिकालाई आम्दानी भएको पालिकाको तथ्याङ्क छ ।

प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार चालु आर्थिक वर्षको सुरुवातमै योजनाको छनोट, सम्झौता र अनुगमन प्रणालीलाई सुदृढ पारिएकाले प्रगति राम्रो भएको हो । उनले भने, “पछिल्ला वर्षहरूसँग तुलना गर्दा यो वर्षको खर्चको गति राम्रो रह्यो। आगामी वर्षमा यो प्रगति अझै बढाउने योजनामा छौं।”

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीमूलक कार्यक्रमहरूमा प्राथमिकता दिँदै बजेट खर्च गरेको बताइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?