मन्त्री राेज राणाले सम्हालेकाे खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशकै उत्कृष्ट

 आर्थिक बर्ष २०८१÷२०८२ मा लुम्बिनी प्रदेश सरकारको समग्र प्रगति ७२.४३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ६.२९ प्रतिशतले वित्तीय प्रगति वृद्धि भएको हो ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ को समग्र कार्यसम्पादन मूल्याङ्कनमा विकासे मन्त्रालय अन्तर्गत शहरी विकास तथा खानेपानी मन्त्रालयले सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको छ ।
शहरी विकास तथा खानेपानी मन्त्रालयले ८४.५५ प्रतिशत उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको शहरी बिकास तथा खानेपानी मन्त्रालयका प्रवक्ता गुणानिधि पोख्रेलले बताएका छन् । समग्र मन्त्रालयमा भने स्वास्थ्य मन्त्रालयको वित्तीय प्रगती बढी छ । स्वास्थ्य मन्त्रालयको वित्रीय प्रगती ८६.०४ प्रतिशत रहेको छ ।
नेपाली कांग्रेसका तर्फबाट मन्त्री रोज राणा (सरोज थापा) को नेतृत्वमा रहेको मन्त्रालयले ८४.५५ प्रतिशत खर्च कार्यान्वयन गर्दै विकासे मन्त्रालयहरूमा शीर्ष स्थान हासिल गरेको हो ।
मन्त्री राणाले आफुले मन्त्रालय सम्हालेको प्रारम्भदेखि नै सुशासन, पारदर्शिता र जवाफदेहीताका साथ योजनाहरूको कार्यान्वयनमा विशेष जोड दिएको र योजना चयनदेखि सम्पन्नतासम्मको सम्पूर्ण प्रक्रियामा जनसहभागिता, प्राविधिक पारदर्शिता र इन्जिनियरिङ दक्षता समेट्न निर्देशन दिँदै आएकाले उत्कृष्ट हुन पुगेको मन्त्री राणाले बताउनु भयो ।
विकासको यो उपलब्धिका लागि खानेपानी महाशाखा प्रमुख इन्जिनियर गुणानिधि पोखरेल, शहरी विकास महाशाखाका प्रमुख राजन तिवारी सबै जिल्ला स्तरीय सम्बन्धित कार्यालय प्रमुखहरू, प्राविधिक इन्जिनियरहरू, उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू र अन्य राष्ट्रसेवक कर्मचारीहरूलाई मन्त्री राणाले आभार व्यक्त गरेका छन्।
उनले भने, “मैले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै योजनाहरूलाई दिगो र प्रभावकारी बनाउने अठोट लिएको थिएँ। मन्त्रालयका कर्मचारीहरूको इमानदारिता, योजनाको वैज्ञानिक व्यवस्थापन र सर्वपक्षीय सहकार्यकै कारण बिकासे मनत्रालय अन्तर्गत आज हामी सबैभन्दा उत्कृष्ट बन्न सफल भएका हौं।
यस आर्थिक बर्षमा भएका १०५ ओटा ठुला आयोजनाहरु सम्पन भएका छन , खानेपानी गुणस्तर सुधारको कामलाई विशेष प्राथमिकता दिएको प्रवक्ता पोख्रेले जानकारी दिनुभयो।
सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा कुल २८ अर्ब २२ करोड ५९ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ मात्र हेर्दा, २४ अर्ब ५८ करोडमध्ये १७ अर्ब ९१ करोड बराबरको ७२.८७ प्रतिशत खर्च कार्यान्वयनमा गएको छ ।
अन्य मन्त्रालयहरूको वित्तीय प्रगति यस्तो रहेको छ। स्वास्थ्य मन्त्रालय – ८६.०४%, ऊर्जा, जलस्रोत तथा सिँचाइ – ७७.०७%, भौतिक पूर्वाधार – ६६.९३%, कृषि – ६७.९३%, आर्थिक मन्त्रालय – ६८.२०%, उद्योग, पर्यटन तथा वातावरण – ६२.२२%, वन तथा भू–संरक्षण – ६५.७५%, सामाजिक विकास – ७१.३८%, आन्तरिक मामिला तथा कानुन – ६१.८३%, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय – ३८.९२%, प्रतिशत प्रगति हुदा सबैभन्दा कम प्रगति गर्ने महिला तथा बालबालिका मन्त्रालयले केवल ६.०९% प्रतिशत प्रगति गरेको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?