अर्घाखाचीमा कर्मचारी, र सुरक्षाकर्मीलाई जीवन बिज्ञान सम्बन्धि उर्जा ध्यान शिविर

अर्घाखाचीमा कर्मचारी, र सुरक्षाकर्मीका लागि छुट्टाछुट्टै जीवन बिज्ञान सम्बन्धि ६ दिने उर्जा ध्यान शिविर सञ्चालन गरिएको छ । शारीरीक, मानसिक, भावनात्मक र आध्यात्मिक बिकासमा टेवा दिदै सेवा प्रभावकारी बनाउन उर्जा ध्यान शिविर सञ्चालन गरिएको हो ।


जीवन बिज्ञान सम्बन्धि ६ दिने उर्जा ध्यान शिविर नेपाली सेनाको विरभद्र जंग गुल्ममा शुरु भएको छ । नेपाली सेनाका विभिन्न तहमा कार्यरत ४० जना सुरक्षाकर्मीको सहभागीता रहेको ध्यान, योग र प्रणायमको सममिश्रण यो शिविरले सहभागीको शारीरीक, मानसिक, भावनात्मक र आध्यात्मिक बिकासमा टेवा दिदै सेवामा प्रभावकारी हुने छ ।
शिविरको सम्पुर्ण व्यवस्थापन जिवन विज्ञानकी प्रशिक्षक सिता भुसाल र कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले गर्नु भएको छ । गुल्ममा यस शिवीर संचालन पश्चात सुरक्षाकर्मी मध्यबाट प्रशिक्षक तयार गरी यस कार्यक्रमलाइ निरीन्तरता तथा दिगोपन गराउने मुख्य उदेश्य रहेको बरिष्ठ प्रशिक्षक सिता भुसाललले बताइन् ।
विरभद्र गुल्मका सेनानी उत्तम गीरीको अध्यक्षतामा सुरु भएको ध्यान शिविरमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक बिष्णु प्रसाद भुसाल, कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धि राज घिमिरे, जिवन विज्ञानका प्रशिक्षक हरिप्रसाद पोखरेल, शिला थापा, सिता भुसाल, उमा ढकाल लगायतको उपस्थिति रहेको थियो ।


सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३६ गुल्ममा अर्घाखाँचीमा योग तथा ध्यान शिविर संचालन भएको छ । ४५ जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको सशस्त्र प्रहरीका प्रमुख योगराज दाहालले बताए । उहाँले योग तथा ध्यान शिविरबाट उक्त गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई थप प्रभावकारी हुने बताउनु भएको छ । कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्रका प्रमुख वुद्धीराज घिमिरेले गर्नु भएको थियो ।
कर्मचारी मिलन केन्द्रको आयोजनामा सन्धिखर्कमा जिवन बिज्ञान सम्बन्धि उर्जा ध्यान शिबिरको आयोजना गरिएको छ । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेको अध्यक्षतामा शुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, प्रमुख कोष नियन्त्रक बिष्णु प्रसाद भुसाल लगायतले योग भ्यान शिविर आबश्यक रहेको बताएका छन् ।
कृषि ज्ञान केन्द्र प्रमुख, विभिन्न कर्मचारी र स्थानीयबासी गरि करिब ३० जनाको सहभागीता रहेको छ । जिवन बिज्ञान सम्बन्धि बिभिन्न उर्जा ध्यान लगायतको विषयमा प्रशिक्षक हरुले प्रशिक्षण दिएका थिए । शिविर एक हप्ता सम्म चल्न भएकोले सम्पुर्ण कर्मचारीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
कर्मचारी मलन केन्द्रका सचिब गणेशराज पौडेलको सन्चालनमा सुरु भएको शिविर प्रत्येक दिन बिहान ५ बजेबाट शुरु हुन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?