पुष्पलालको ४७ औँ स्मृति दिवस : पाणिनिमा वृक्षारोपण

अर्घाखाँची । नेकपा एमाले पाणिनिले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पाणिनि गाउँपालिका वडा नं. ८ को कुरुलेस्थित बसिर स्मृति प्रतिष्ठानको निर्माणाधीन भवन परिसरमा विभिन्न जातका फलफूल तथा अन्य रुखका बिरुवाहरू रोपिएको हो।

यस अवसरमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा पाणिनिका इन्चार्ज कुट्मद्दीन अलिले पुष्पलालको योगदानको चर्चा गर्दै वातावरण संरक्षणको महत्त्वमाथि प्रकाश पारे। पुष्पलालले नेपालमा कम्युनिष्ट आन्दोलनको जग बसालेको भन्दै उनको विचार र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको जिकिर गरे । 

कार्यक्रममा नेकपा एमाले पाणिनिका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य कुट्मद्दीन अलि, पाणिनिका अध्यक्ष तथा वडा नं. ७ का वडाअध्यक्ष गुणाखर अधिकारी, पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, वडा नं. ४ र ८ का वडा अध्यक्षहरू तथा पार्टीमा आस्थावान ब्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वर्गीय वसिर मियाको समेत सम्झना गर्दै बसिर मिया स्मृति प्रतिष्ठानको भवन निर्माणमा जग्गा उपलब्ध गराउने सुकुर मियालाई धन्यवाद ज्ञापन समेत गरिएको थियो । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने वि.सं. २०३५ साउन ७ गते उपचारका क्रममा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उहाँको निधन भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?