कर्मचारी संगठन अर्घाखाँचीद्वारा उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले भगवती माध्यमिक विद्यालय सन्धिखर्क २ चुत्राबेसीमा छात्रबृति वितरण गरेको छ । छात्रबृति प्राप्त गरेपछि विद्यार्थीहरु पनि खुशी भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समितिद्धारा स्थापीत अक्षयकोषबाट उत्कृष्ट तथा जेहेन्दार ३ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष पशुपति खनालले बताउनु भयो ।


कक्षा १० को एसइई परीक्षामा उत्तिर्ण हुने उत्कृष्ट तथा जेहेन्दार स्थान हासिल गर्न सफल विकास पौडेल, समिक्षा खनाल र निर्जला बन्जाडेलाई प्रमाण पत्र सहित २५ सय रुपैया नगद छात्रबृति वितरण गरिएको संगठनका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज गणेश प्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।
“शहिद मनोज–सुरेन्द्र–झपेन्द्र स्मृतिको अवसरमा अक्षयकोषबाट छात्रबृति वितरण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश प्रसाद भण्डारी, भगवती माध्यमिक विद्यालयका प्रधनाध्यापक ध्रुब केसी, कर्मचारी हरुको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि प्रसाद डुम्रे लगायतका कर्मचारी, शिक्षक, विद्यार्थी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अक्षय कोषको सावाँ रकमलाई . ५० हजार १ सय १ रुपैया रहेकोमा २५ हजार थप गरी ७५ हजार १ सय १ रुपैया पुराउने संगठनका जिल्ला अध्यक्ष खनालले घोषणा गर्नु भएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?