पाणिनि चेम्बर अफ कमर्सको संयोजकमा अर्जुन पोखरेल चयन

अर्घाखाँची । पाणिनि गाउँपालिकास्थित व्यवसायीहरूको साझा संगठन पाणिनि चेम्बर अफ कमर्सको तदर्थ समितिको संयोजकमा अर्जुन पोखरेल चयन भएका छन् । शनिबार बसेको बैठकले सर्वसम्मत रूपमा पोखरेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकमा उपस्थित सदस्यहरूले संस्थाको नेतृत्व क्षमता, संगठनप्रतिको सक्रियता र व्यवसायी हितका सवालमा पोखरेललाई उपयुक्त उम्मेदवार ठहर गर्दै संयोजक पदमा चयन गरेका हुन् ।

चेम्बरको हिरक महोत्सवको अवसरमा अर्घाखाँची चेम्बरको मातहतमा रहने गरि पाणिनि चेम्बर अफ कमर्सको तदर्थ समिती गठन गरिएको हो । बैठकले विभिन्न पदाधिकारी र सदस्यहरूको जिम्मेवारी पनि तोकेको छ ।

पोखरेलको नेतृत्वमा गठित समितिको बैठकले सहसंयोजकमा संसोद्दिन मियाँ सहित २१ सदस्यीय समिती चयन गरेको छ ।

संयोजकमा चयन भएलगत्तै अर्जुन पोखरेलले चेम्बर अफ कमर्सलाई व्यवसायीहरूको साझा मंचका रूपमा थप सबल र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “पाणिनी क्षेत्रमा रहेका उद्योग, व्यवसाय, कृषि र सेवाक्षेत्रको प्रवर्द्धन, संरक्षण र समस्या समाधानमा चेम्बरले अबको दिनमा अझै ठोस पहल गर्नेछ । व्यवसायमैत्री वातावरण बनाउन, लगानी आकर्षित गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न हामी निरन्तर काम गर्नेछौँ ।”

बैठकमा उपस्थित सदस्यहरूले पाणिनि क्षेत्रमा व्यवसायसँगै पर्यटन, कृषि उत्पादन, सहकारी र सेवाक्षेत्रलाई चेम्बरमार्फत थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, गाउँपालिकासँगको सहकार्यमा नीतिगत समस्या समाधान तथा व्यवसायीलाई राहत र सुविधा दिलाउने विषयलाई पनि प्राथमिकतामा राख्ने प्रतिवद्धता बैठकले गरेको छ ।

आगामी तीन महिनामा यस तदर्थ समितिले पाणिनि भित्रका सम्पूर्ण व्यवसायीहरु समेटेर अधिवेशन गरि कार्यसमिति चयन गर्ने छ ।

कार्यक्रममा चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश सदस्य सुकदेव बेल्बासे, चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लिलाधर बस्याल, सचिव प्रेम थापा, पाणिनी गाउपालिका वडा नं. ३ का वडाअध्यक्ष युवराज ज्ञवाली, वडा नं. ४ का वडाअध्यक्ष हरि प्रसाद घिमिरे, वडा नं. ७ का अध्यक्ष गुनाखर अधिकारी लगायत स्थानिय व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?