पाणिनि : प्रमुख प्रशासकीय अधिकृत खनाललाई स्वागत, गाउँपालिकाको सर्वाङ्गीण विकासका लागि काम गर्ने प्रतिवद्धता

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाललाई स्वागत गरेको छ ।

गाउँपालिकाले आफ्नो दसौं प्रमुख प्रशासकीय अधिकृतका रूपमा नवनियुक्त अधिकृत खनाललाई बुधबार एक विशेष कार्यक्रमकाबीच स्वागत गरेको हो। ​यसअघि पाणिनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रोमनाथ न्यौपानेको सरुवा भएपछि उक्त पदमा खनालको पदस्थापन भएको थियो।

गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम पौडेल लगायत जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा नवनियुक्त अधिकृत खनाललाई स्वागत गरिएको थियो।

​सोही अवसरमा बोल्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले पाणिनि गाउँपालिकालाई सुशासन र विकासको नमूना बनाउन आफू प्रतिबद्ध रहेको बताए। स्थानीय तहमा आफ्नो पहिलो अनुभव रहेको भन्दै उनले भने, “पाणिनीको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र आम नागरिकको सहयोग अपरिहार्य छ। म सबैको साथ र सहकार्यमा गाउँपालिकाको सर्वाङ्गीण विकासका लागि काम गर्नेछु।”

​यसैगरी, गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले नवनियुक्त अधिकृत खनाललाई सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाको विकासमा उनको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरे । “हामीले विकास र समृद्धिको जुन लक्ष्य लिएका छौँ, त्यो पूरा गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत ज्यूको नेतृत्व र अनुभवले ठूलो मद्दत पुग्ने विश्वास लिएका छौँ,” अध्यक्ष न्यौपानेले भने।

​अध्यक्ष न्यौपानेले अघिल्ला प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पुर्याएको योगदानको पनि प्रशंसा गर्दै उनलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?