सभापति बन्ने हो, प्रधानमन्त्री बन्ने होइन : किशोर सिंह राठौर

बुटवल । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अभिव्यक्ति दिँदै सहमहामन्त्री किशोर सिंह राठौरले आगामी १५औं महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राठौरले मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न “सक्षम र योग्य नेतृत्व आफू मात्र हो” भन्दै दृढ घोषणा गरे।

सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहने विश्वास व्यक्त गर्दै उनले भने,“म प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले होइन, कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहन्छु। कमजोर कांग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन्।”

प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिवद्धता दोहोर्याए।

सत्ता समीकरणबारे प्रश्न उठाउँदै उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने चेतावनी दिए। एमालेको प्रतिबद्धताप्रति आंशिक अविश्वास प्रकट गर्दै उनले भने, “इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ, नत्र कांग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्छ।”

साक्षात्कार कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?