अर्घाखाँची । पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलविच भेटवार्ता भएकाे छ । भेटका क्रममा अध्यक्ष न्याैपानेले पाणिनिमा निर्माण सम्पन्न भई सञ्चालनको प्रतीक्षामा रहेको १५ शैयाको अस्पताल तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा भएको भेटवार्तामा अध्यक्ष न्यौपानेले स्थानीयवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सञ्चालन अपरिहार्य भएको भन्दै मन्त्री पौडेलसँग सक्रिय पहल गर्न अनुरोध गरेका हुन् ।
उनको आग्रहलाई सकारात्मक रुपमा लिँदै स्वास्थ्य मन्त्री पौडेलले पाणिनि गाउँपालिकामा बनेको अस्पताल शीघ्र सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गाउँपालिकाले पूर्वाधार निर्माणको अन्तिम चरणमा रहेको अस्पताल सञ्चालनको तयारी गरिरहेको छ भने स्थानीय बासिन्दा सेवा प्रारम्भ हुने दिन पर्खिरहेका छन् ।












