कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्लामा सरुवा भएर आउने कर्मचारीकाे स्वागत तथा सरुवा भएर अन्य स्थानमा जाने कर्मचारीकाे फेरि भेटाैला कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालको फरि भेटाैला कार्यक्रम सम्पन्न गरेको छ । भुसालको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय रुपन्देहीमा सरुवा भएको छ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुखकाे रुपमा सरुवा भएर आउनु भएका भरत प्रसाद सापकोटा, पाणनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल, जिल्ला समन्वय समितिका ईन्जिनियर कुशल भण्डारी, लगायतलाई स्वागत गरिएको थियो ।
ढ
बढुवा भएर अधिकृत छैठौंबाट अधिकृत साताै हुनुभएका सन्धिखर्क नगरपालिकाका प्रशासकीय अधिकृत राजस्व शाखा प्रमुख मुक्ति खनाललाई स्वागत, बधाई तथा सम्मान गरिएको थियो ।

सबै जनालाई सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, कर्मचारी मिलन केन्द्रका अध्यक्ष दुर्गा न्याैपाने लगायतले फुलमाला, मायाको चिनाे, लगायतले स्वागत तथा फेरि भेटाैला विदाई गर्नु भएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराई, नेपाल विद्युत प्राधिकरण शाखा प्रमुख त्रिलाेचन भट्टराई, कर्मचारीकाे आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि प्रसाद डुम्रे, कर्मचारी मिलन केन्द्रका काेषाध्यक्ष रामजी भट्टराई, कर्मचारी संगठनका जिल्ला अध्यक्ष पशुपति खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश काेषाध्यक्ष प्रेमनारायण आचार्य, लगायतको उपस्थिति रहेको थियो ।

स्वागत तथा फेरि भेटाैला कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष दुर्गा न्याैपानेकाे अध्यक्षता, सचिव गणेशराज पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।













