कोरियन भाषा शिक्षणमा अग्रणी शालिकराम अधिकारी, लाखौं नेपालीको मनमा बस्न सफल

सामान्य परिवारमा हुर्किएका शालिकराम अधिकारी अहिले नेपाली युवाबीच कोरियन भाषा पारखिका रूपमा परिचित छन्। सन् २०१७ (२०७४ साल) देखि निरन्तर कोरियन भाषा सिकाइरहेका अधिकारी हाल ३३ वर्षका भए।

शिक्षणको क्रममा उनले कोरियन व्याकरण र कोरियन मोडेल प्रश्न संग्रह जस्ता पुस्तक समेत लेखेका छन्, जसले विद्यार्थीलाई EPS-TOPIK तयारीमा ठूलो सहयोग पुगेको छ। सात वर्षसम्म विभिन्न संस्थामा प्रशिक्षकको रूपमा काम गरेका उनले सन् २०२३ (२०७९ साल) देखि आफ्नै संस्था “Salik Adhikari Korean Language Center” स्थापना गरी सञ्चालन गर्दै आएका छन्।

उनको शिक्षणबाट लाभान्वित विद्यार्थीमध्ये हजारौं जना रोजगारीका लागि कोरिया पुगिसकेका छन्। अनुशासन, मेहनत र आत्मविश्वासलाई जीवनमा मूल मन्त्र मान्ने अधिकारी भन्छन्, “विद्यार्थीलाई भाषा मात्र होइन, संस्कृतिको बुझाइ र सकारात्मक सोच पनि सिकाउन आवश्यक हुन्छ।”

पूर्व सन्चारकर्मी समेत रहेका अधिकारी सामाजिक सञ्जालमार्फत पनि सक्रिय छन्। TikTok, YouTube र Facebook मा आफ्नो अनुभव, शिक्षण सामग्री र प्रेरणादायी सन्देश साझा गरेर उनले लाखौं नेपाली युवाको मनमा स्थान बनाउन सफल भएका छन्।

भाषा शिक्षणसँगै उनले मोडलिङ र संगीत क्षेत्रमा पनि योगदान दिएका छन्। केही आधिकारिक म्युजिक भिडियोमा मोडलको रूपमा देखिएका उनले भविष्यमा पनि विभिन्न माध्यममार्फत समाजमा योगदान गर्ने योजना बनाएका छन्।
सामान्य परिवारमा जन्मिएर कठिनाइबीच अघि बढेका शालिकराम अधिकारी अहिले कोरियन भाषा शिक्षण क्षेत्रमा स्थापित नाम बनेका छन्। बुटवलस्थित उनको भाषा केन्द्रमार्फत उनले अझ धेरै युवालाई रोजगारी र अवसरतर्फ डोर्‍याउने लक्ष्य राखेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?