अर्घाखाँची । पाणिनी गाउँपालिका वडा नं. ४ का वडा सदस्य एकराज अधिकारीले एमाले पार्टी परित्याग गरेका छन्।
अधिकारीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपा (एमाले) को साधारण सदस्य समेत नरहने गरी आजकै मितिदेखि राजीनामा दिएको घोषणा गरेका हुन्। उनले अबको राजनीतिक यात्रा कुनै दलमा नभई स्वतन्त्र ढङ्गले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
अधिकारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य बनेका थिए।
उनको पार्टी परित्यागलाई स्थानीय राजनीतिक वृत्तले चासोका साथ हेरेको छ।













