अर्घाखाँची । पाणिनी गाउँपालिकामा मंगलबार शोक विदा राखिएको छ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिने शोक बिदा दिइएको हो । सोमबार (भदौ २३ गते) जेन जी समूहद्वारा देशका विभिन्न स्थानमा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउनुपरेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले भदौ २४ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना समेत व्यक्त गरेको छ ।
गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै पाणिनी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा भोलि एक दिने शोक बिदा रहने जनाएको छ ।













