विजयादशमी २०८२ का लागि टीका लगाउने शुभ साइत सार्वजनिक

काठमाडौँ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले आगामी विजयादशमी २०८२ का अवसरमा विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

आज काठमाडौँको डिल्लीबजारस्थित विश्व ज्योतिष महासंघको केन्द्रीय कार्यालयमा बसेको बैठकपछि समितिले यस सम्बन्धमा निर्णय गरेको हो। समितिका सदस्य–सचिव आचार्य लक्ष्मण पन्थीका अनुसार स्थानीय समय र तिथिअनुसार पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता भएकाले यो वर्षका लागि हरेक देशअनुसार छुट्टाछुट्टै शुभ साइत सार्वजनिक गरिएको हो।

समितिले नेपालका काठमाडौँ, भारतको दिल्ली, अमेरिका (न्युयोर्क, फ्र्याङ्कर्फट–केन्टुकी, वोवेन्स्वोरो–केन्टुकी, डल्लास–टेक्सास, वासिङ्टन डीसी, क्यालिफोर्निया), क्यानडा (टोरेन्टो, भ्यानकुभर), जापानको टोकियो, अष्ट्रेलियाका विभिन्न सहरहरू (सिड्नी, मेलबर्न, व्रिसवेन, एडिलेड, क्यानबेरा, तास्मानिया, पर्थ, डार्विन), न्युजिल्यान्डको बेलिङ्गटन, पोर्चुगलको लिस्बन, बेलायतको लण्डन, फ्रान्सको पेरिस, नर्वेको ओस्लो, मलेसियाको क्वालालम्पुर, युएईको अबुधाबी, कतारको दोहा, थाइल्यान्डको बैंकक, दक्षिण कोरियाको सियोल, इजरायलको तेल अभिभ, सिङ्गापुर, हङकङ, साउदी अरेबिया, म्यानमारको याङ्गून, स्विट्जरल्याण्डको जेनेभा र माल्टाका लागि छुट्टाछुट्टै शुभ साइत तोकेको जानकारी समितिका उपसभापति प्राडा देवमणि भट्टराईले दिनुभयो।

समितिमा प्राडा माधव भट्टराई (सभापति), प्राडा देवमणि भट्टराई (उपसभापति), आचार्य लक्ष्मण पन्थी (सदस्य–सचिव), सह–प्राडा पुरुषोत्तम भट्टराई (कोषाध्यक्ष) तथा ज्यो.पं. सूर्यप्रसाद ढुङ्गेल, श्रीकेश कौशिक र सुदर्शन पौडेल सदस्य हुनुहुन्छ। यस्तै, प्राडा रामचन्द्र गौतम सल्लाहकार, डा. लोकराज पौडेल पदेन अध्यक्ष, प्रा. श्रीकृष्ण अधिकारी र प्राडा माधवप्रसाद पाण्डेय विज्ञ आमन्त्रित सदस्य हुनुहुन्छ।

अमेरिका संयोजक आचार्य मेघराज निरौला, अष्ट्रेलिया संयोजक पं. माधव नर्जाली अधिकारी र क्यानडा संयोजक आचार्य सुरेशप्रसाद शर्मा रहनेगरी समितिको संरचना तय गरिएको महासंघका महासचिव राजिव आचार्यले जानकारी दिनुभयो।

 

spot_img
[reaction_buttons_post]
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?