अर्घाखाँची । जनहित युवा समाजको आयोजनामा पाणिनी गाउँपालिका–४ को देउराली बजार क्षेत्रमा आज वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
सस्थाले घटस्थापनाको अवसर पारेर देउराली बजार क्षेत्र सरसफाई गरेको हो। कार्यक्रममा सहभागीहरूले बजार क्षेत्रका सडक, चोक र वरपरको फोहर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरेका थिए।
साथै, यात्रुहरूको सहजताको लागि देउराली चोकमा लोकेसन बोर्ड पनि राखिएको छ। सस्थाका अध्यक्ष धनसिंह सूर्यवंशीले बजार क्षेत्रलाई सफा र व्यवस्थित बनाउन समाज निरन्तर सक्रिय रहने जानकारी दिए।













