पाणिनि गाउँपालिकाका शाखाहरुलाई मासिक प्रगति सार्वजनिक गर्न अध्यक्ष न्यौपानेको निर्देशन

अर्घाखाँची । पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकाका सबै शाखाहरुलाई मासिक प्रगति सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष न्यौपानेले अबदेखि प्रत्येक शाखाले आफ्नो मासिक प्रगति विवरण गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने स्पष्ट पारेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले भने, “ विकास निर्माणका गतिविधिहरू जसरी आज हामिले सुन्यो, प्रत्येक शाखाले आफ्ना गतिविधिहरू प्रत्येक महिनाको अन्तिम दिन तपोरले गरेका कार्य प्रगति तपोरले गाउँपालिकाको वेबसाइटबाट राख्ने गर्नुस् ।” 

पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणले जनताले पालिकाको गतिविधिबारे समयमै जानकारी पाउनु आवश्यक भएको उनको भनाइ छ । उनले भने “… किनभने जनताले थाहा पाओस्, हामिले गरेका काम पनि थाहा पाओस्, हामिले गरेको खर्च पनि थाहा पाओस्, कति मितव्ययी छ पालिका भन्ने खालको हेतुले हामी सबै प्रस्तुत हुन जरुरी छ ।”

उनका अनुसार यस कदमले पालिकाका कार्यप्रगति जनतामाझ पुग्ने मात्र नभई, विश्वास बढाउन र कामकाजलाई व्यवस्थित बनाउन मद्दत गर्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?