अर्घाखाँचीको पाणिनि –७ मा फोर्स गाडी दुर्घटना, ६ जना घाइते

अर्घाखाँची । पाणिनि गाउँपालिका-७ मा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

नेपालगन्जबाट पाणिनि गाउँपालिकाको पोखराथोकका लागि रिजर्भमा आएको भे १ ख ४१३५ नम्बरको फोर्स गाडी साेमबार दिउसो ४ बजेपिछको समयमा पाणिनि – ७ अड्गरीस्थित ढाक्रेबास भन्ने स्थानमा दुर्घटनामा परेको हो । प्रहरी चौकी पालीका अनुसार गाडीको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरेर उपचारका लागि सन्धिखर्क पठाइएको थियो । उपचारपछि सबैलाई डिस्चार्ज गरिएको प्रहरीको भनाइ छ ।

दुर्घटनापछि वडा अध्यक्ष गुनाखर अधिकारी सहित स्थानीय बासिन्दा र प्रहरीले तत्काल उद्धार कार्य गरेका थिए। । गाडीमा बालबालिका सहित २४ जना यात्रु सवार रहेका थिए ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?