शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा

बुटवल । मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा रुपन्देही शाखाको २६औं  साधारणसभा सप्पन्न भएकोछ।

नेपाल पत्रकार महाससंघको सभाहलमा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख वक्ता शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले  जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभएको थियो। उहाँले फागुन २१ मा निर्वाचन हुनेमा बिश्वस्त हुने आधार अझै निर्माण हुन नसकेको भन्दै समयमै निर्वाचन सम्पन्न गरी नेपाललाई अध्यारो सुरुङ भित्र जानदेखी बचाउनुपर्नेमा जोड दिनुभएको थियो।

साधारणसभाका प्रयबेक्षक शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले शान्ति समाजले देश,काल परिस्थितिको विश्लेषण गरेर राजनैतिक दल र नेतृत्व समयमै सच्चिन गरेको पटकपटक गरेको आग्रहलाइ लत्याउदा देशमा अकल्पनीय घटना घटेको बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले मुलुक अझै पनि सजिलो अवस्थामा नरहेकोले राष्ट्रिय चुनौतीलाइ समाधान गर्न शान्ति समाजको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

शान्ति समाजका केन्द्रिय सचीव डिपि खनालले देशको बिषम परिस्थितिबाट बाहिर आउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले  मानवअधिकार उल्लंघन गर्ने र लोकतन्त्र बिरोधि तत्वलाइ  वर्जित गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका लुम्बिनी प्रदेशका कार्यालय प्रमुख सन्तोष आचार्यले मानवअधिकारको रक्षाको लागि शान्ति समाजको सक्रियता सराहना गर्दै निरन्तर अभियानमा आयोग साथ सदैव हुने वताउनुभयो।

बार एसोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले आमनागरिकले अधिकारको खोजी मात्र होइन, कर्तव्यको पाठ पनि सिक्नुपर्ने वताउभयो ।

साधारणसभामा शान्ति समाजका केन्द्रिय सदस्य लालहरि पाण्डे, जिल्लाका पुर्व सभापति कृष्ण पराजुली, निवर्तमान सभापति कृष्ण भट्टराई, सस्थापक सभापति महेन्द्र थापा, सुर्खेत सभापति दिपक गौतम, रिपोर्टस क्लब लुम्बिनी अध्यक्ष राम कुमार क्षेत्री, स्वयंसेवी रक्तदाता रुपन्देही अध्यक्ष कृष्ण चौवान क्षेत्री, जिल्ला समिति सदस्य सिता पौडेल लगायतले शान्ति समाजको सक्रियता र सान्दर्भिकता अझै महत्त्वपूर्ण रहेको उल्लेख्य गर्नुभएको थियो।

जिल्ला सभापति अर्जुन ज्ञवालीले देशको बर्तमान परिस्थितिको समाधानको लागि नागरिक आकांक्षा,  नागरिक स्वतन्त्रता र नागरिक सर्बोच्चतामा देशका सबै पक्षले ईमानदारपुर्वक आत्मसात गर्दै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।  उहाँले हिम्सात्मक गतिविधि हुनदेखी रोक्न तथा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सामाजिक सद्भाव  र सहिष्णुता प्रवद्र्धनमा सबै एक्यवद्ध भैइ  लाग्नुपर्नेमा जोड दिनुभयो।

साधारणसभामा सभापति अर्जुन ज्ञवालीले बर्ष भरि सम्पन्न २७ कार्यक्रमको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष मोहनिलाल न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन छलफल पाश्चात सर्वसम्मत  पारित भएको थियो।

रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लीलाधर लुइटेलको संचालनमा सम्पन्न उक्त साधारणसभामा शान्ति समाजका सदस्यहरु,  सन्चार संस्थाहरु, ब्यबसायिक संस्थाहरु, नागरिक संस्थाहरु, नागरिक अगुवा, अभियान्ताहरुको उपस्थिति रहेको थियो |

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?