वेस्टर्न मेगा कलेजमा बि एच एम अभिमुखीकरण कार्यक्रम सम्पन्न।

वेस्टर्न मेगा कलेज, बुटवल–१५, रूपन्देहीमा BHM 2025 Intake का नयाँ विद्यार्थीहरूलाई शैक्षिक अभिमुखीकरण कार्यक्रम (Academic Orientation Program) भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रम प्रारम्भमा अतिथि तथा बिद्यार्थीहरुलाई स्वागत गर्दै कलेजका शिक्षक विष्णु न्यौपानेले BHM कार्यक्रमको शैक्षिक सम्भावना, उद्योगगत अवसर र विद्यार्थीहरूको कर्तव्यबारे मार्गदर्शन गर्नुभएको थियो साथै उहा वेस्टर्न मेगा कलेजमा अध्ययन गरि सोहि कलेजमा अध्यापन गराइरहदा आफु सफल र अत्यन्तै खुसि भएको अनुभूति गरेको जानकारी गराउनु भयो।

त्यसैगरी कलेजका परीक्षा संयोजक प्रेम पोख्रेलले BHM कार्यक्रमअन्तर्गतको शैक्षिक पाठ्यक्रम, परीक्षा प्रक्रिया, मूल्यांकन विधि तथा विद्यार्थी आचारसंहिताबारे विस्तृत रूपमा जानकारी गराउनुभयो।

कार्यक्रम को मुख्य सत्रमा बोल्दै कार्यक्रम प्रमुख अतिथि होटल सेण्ट्रल प्लाजा, कोहलपुरका जनरल म्यानेजर श्री राजेश फुयालले आतिथ्य उद्योगका वर्तमान प्रवृत्ति, आवश्यक व्यावहारिक सीप, नेतृत्व क्षमता तथा करियर विकासका अवसरबारे मनोरन्जनात्मक ढंगले प्रस्तुति दिनुभयो, साथै उहाले बि एच एम को नेपालमै मनग्य आम्दानि हुने थुप्रै अवसर रहेको र प्रोएक्टिभ भै शिप सिकेमा कोहि विद्यार्थी रोजगारबिहिन हुन नपर्ने जानकारी दिनुभयो ।

सोहि कार्यक्रम मा बोल्दै कलेजका प्राचार्य अधिबक्ता किशु शर्माले विद्यार्थीहरूलाई लक्ष्य उन्मुख, अनुशासित र जिम्मेवार भएर शैक्षिक यात्रामा अघि बढ्न प्रेरित गर्दै कलेजको शैक्षिक प्रतिबद्धता र भविष्यका योजनाबारे प्रकाश पार्नुभयो साथै उहाले प्रत्येक ब्यतिले श्रमिक सोच नभई नेतृत्वदायी सोच राखेमा जुनसुकै क्षेत्रमा पनि सफल रहने कुरा व्यक्त गर्नुभयो। उहाले वेस्टर्न मेगा कलेजले BHM कोर्ष करिकुलम साथै थुप्रैअतिरिक्त कार्यक्रम हरु चाइनिज, जापानिज, फ्रेन्च जस्ता विभिन्न देश का भाषा, व्यक्तित्व बिकास तालिम , इन्टरनेसनल टुर लगायात अन्य कार्यक्रम गराइने जानकारी दिनु भयो। साथै वेस्टर्न मेगा कलेजमा BHM तथा MBA ग्राजुएट हरु कोहि पनि बेरोजगार नरहने यदि कोहि कसैलाई जागिरको आवश्यकता परेमा कलेजले जागिर व्यवस्थापनमा सहजीकरण गरिदिने समेत प्रदिबद्धता ब्यक्त गर्नुभयो।

अतिथि, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेखनिय उपथिती रहेको उक्त कार्यक्रम को समापन कलेजका शिक्षक कविराज गिरिले गर्नु भएको थियो भने कार्यक्रम संचालन कलेजकी शिक्षिका कल्पना न्यौपानेले गर्नु भएको थियॊ।

बि एच एम तथा एम बि ए अध्यापन गराइरहेको यस वेस्टर्न मेगा कलेजले विद्यार्थी केन्द्रित शिक्षण, अधिगम प्रक्रिया र उद्योगमा प्रयोगशील सीप विकासलाई प्राथमिकता दिंदै विभिन्न कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?